मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाल संवाद क्लबको भव्य उद्घाटन : ‘देशका लागि पद होइन, सोच ठूलो हो’ – ऋषि धमला

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार

बाँके । नेपाल संवाद क्लबको भव्य उद्घाटन समारोह प्राइम टिभीका अध्यक्ष तथा चर्चित सञ्चारकर्मी ऋषि धमलाद्वारा मंगलपूर्ण वातावरणमा सम्पन्न भएको छ। समारोहलाई सम्बोधन गर्दै धमलाले देश परिवर्तनको हरेक आन्दोलनमा आफू सक्रिय सहभागी रहँदै आएको स्मरण गरे। उनले हाल राजनीतिक दलहरूबाट आएको विभिन्न आकर्षक प्रस्ताव—जसमध्ये जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बन्ने प्रस्ताव समेत अस्वीकार गरेको स्पष्ट गरे ।

‘मन्त्री हुनु ठूलो कुरा होइन, देश र जनता नै ठूलो कुरा हो,’ धमलाले भने, ‘पदबिना पनि मान्छेले काम गर्न सक्छ भन्ने उदाहरण म आफैं हुँ। महात्मा गान्धी प्रधानमन्त्री नबने पनि भारतलाई स्वतन्त्र बनाउन सफल हुनुभयो ।’

धमलाले भारत, चीन र सिंगापुरको तीव्र विकासका उदाहरण प्रस्तुत गर्दै नेपालमा विकास अवरुद्ध हुनुको मुख्य कारण दूरदर्शी नेतृत्व र स्पष्ट भिजनको अभाव रहेको बताए। नरेन्द्र मोदीको नेतृत्व शैलीले भारतलाई विकासको तीव्र गतिमा अघि सारेको स्मरण गर्दै उनले नेपालमा पनि अब मौलिक सोच र परिणाममुखी नेतृत्व आवश्यक भएको बताए।

‘भ्रष्टाचार अब देशको मेरुदण्ड भाँच्ने रोग बन्न पुगेको छ,’ धमलाले चेतावनी दिए, ‘अब युवाले नेतृत्व सम्हाल्नुपर्छ। युवा जागिसकेका छन्, तातिसकेका छन्। परिवर्तन अब अटिनै पर्ने चरणमा पुगेको छ।’

त्यस्तै, क्लबका अध्यक्ष आशिष मल्लले नेपाल संवाद क्लब लोकतन्त्र, विधिको शासन, कानूनी राज्य र प्रेस स्वतन्त्रतालाई आफ्नो मूल आधार बनाइ अघि बढ्ने बताए। पत्रकारहरू लोकतन्त्रका पहरेदार भएको उल्लेख गर्दै उनले क्लब पत्रकारहरूको हकहित, पेशागत क्षमता वृद्धि, तालिम, सुरक्षा र सम्मान सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।

‘प्रेस स्वतन्त्रता हाम्रो पहिचान हो। यो प्रश्नमा क्लब कहिल्यै झुक्दैन,’ मल्लले भने। उनका अनुसार क्लब देश–विदेशमा पत्रकारहरूको सञ्जाल विस्तार गर्दै, रिपोर्टर र श्रमजीवी पत्रकारको व्यावसायिक सुरक्षालाई निरन्तर प्राथमिकतामा राख्दै अघि बढ्नेछ।

नेपाल संवाद क्लबको उद्घाटनसँगै पत्रकारिता, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नयाँ ऊर्जासहितको यात्रा शुरू भएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार