मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लोगोको बारेमा फेरि बोल्यो एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मरासिनीले भनेका छन्, ‘संघको लोगो दुरुपयोग खास गरी मानव तस्करी, सामाजिक सञ्जाल फेसबुक पेज निर्माण गर्ने, समुह बनाउने, पेजमा सदस्य बन्नका लागि अनुरोध गर्ने र लाइक गर्न आग्रह गर्ने जस्ता गतिविधि गरिएको प्रति गम्भिर बन्दैं संघ सम्बन्धित व्यक्ति वा समुहलाई त्यस्ता गतिविधि नगर्न आग्रह गर्दछ।’
७ जेठ २०८०, आइतबार

पर्वत  संस्थाको लोगो दुरुपयोग भएको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले अनाधिकृत रुपमा यसको प्रयोग नगर्न अनुरोध गरेको छ।

संस्थाको लोगो संस्थासँग सम्बन्धित आधिकारिक गतिविधिको लागि मात्र प्रयोग गरीने तथा संस्थाको सम्मानका लागि संस्थाको लोगोको पनि उत्तिकै सम्मान गरीनुपर्ने एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अध्यक्ष माधव मरासिनीले बताएका छन्।

संस्थाको लोगो जथाभावी अनाधिकृत प्रयोग गरिंदा संस्था प्रति हामीले गर्ने सम्मानमा ठेस पुग्ने भएकाले त्यसो नगर्न अनुरोध गरिएको छ। ‘एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनको लोगो विभिन्न सामाजिक सञ्जालहरुमा हाम्रो जस्तै देखिने संस्था गैर आवासीय नेपाली संघ बालुवाटार काठमाण्डौं नेपाल र त्यस सँग आवद्ध भएका राष्ट्रीय समन्वय परिषद्हरुले अनाधिकृत रुपमा दुरुपयोग गरेको देखिन आएको र पटक पटक पत्रचार गर्दा पनि गम्भिर नभएको प्रति संघको ध्यानाकर्षण भएको छ’, मरासिनीले भनेका छन्, ‘संघको लोगो दुरुपयोग खास गरी मानव तस्करी, सामाजिक सञ्जाल फेसबुक पेज निर्माण गर्ने, समुह बनाउने, पेजमा सदस्य बन्नका लागि अनुरोध गर्ने र लाइक गर्न आग्रह गर्ने जस्ता गतिविधि गरिएको प्रति गम्भिर बन्दैं संघ सम्बन्धित व्यक्ति वा समुहलाई त्यस्ता गतिविधि नगर्न आग्रह गर्दछ।’

संघको लोगो सम्बन्धित निकायमा दर्ता रहेको र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले कारवाहीको लागी महानगर प्रहरी परिसर टेकु काठमाण्डौंमा पत्राचार गरेको एशोसिएसनले बताएको छ। एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनको लोगोको प्रयोग गर्न आवश्यक भएमा संघको सचिवालयमा सम्पर्क गरी प्रयोगको लागि स्वीकृति लिन सकिने भन्दै संस्थाले सञ्चार माध्यमहरुले समाचार प्रकाशन गर्ने सवालमा भने यो नियम लागु नहुने बताएको छ।

अनाधिकृत रुपमा संघको लोगो प्रयोग गरी कार्यक्रम गर्न भनेर निमन्त्रणा गरिएका कुनै पनि फेसबुक वा अन्य सामाजिक संजालको खाताको साथि बन्न, लाइक गर्न र जोडिनको लागि गरिएको अनुरोध अस्विकार गर्न पनि एशोसिएनसले अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार