मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

शान्त बन्दै नेपालगञ्ज, निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाइदैँ

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२० अशोज २०८०, शनिबार

नेपालगञ्ज । नेपालगञ्जमा जारी कफ्यु र निषेधाज्ञामा स्थानीय प्रशासनले केही हेरफेर गरेको छ । बाँके प्रशासनले २० गते शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म नेपालगञ्ज नगर क्षेत्रभित्र निषेधाज्ञा र राती ८ बजेदेखि २१ गते बिहान ४ बजेसम्म सोही क्षेत्रमा कर्फु आदेश जारी गरेको छ ।

यसअघि सो क्षेत्रमा राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फु र बिहान ६ देखि राती ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फु आदेश र निषेधाज्ञामा केही खुकलो पार्दै लगेको होे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज शनिबार विहान जारी विज्ञप्तीमा असोज २० गते बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्जमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । यसअघि बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी भएको थियो ।

२०८० असोज २० गते राती ८ बजेदेखि असोज २१ गते बिहान ४ बजेसम्म कर्फु आदेश जारी गरेको छ । स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एकठाँउमा ५ जना भन्दाबढी जम्मा हुन नपाउने गरी निशेधज्ञासमेत जारी गरेको विज्ञप्तीमा उल्लेख छ । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैमा अपिल गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार