मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

‘चाचाको सादगी जीवन शैली, त्याग र निष्ठा नयाँ पुस्ताका लागि अनुकरणीय’

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
स्वर्गिय गुप्ताको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा पन्नालाल गुप्ता प्रतिष्ठान नेपालगन्जले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले सो कुरामा जोड दिएका हुन् ।
२७ भाद्र २०७९, सोमबार

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी (वरिष्ठ पत्रकार) स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’ को सादगी जीवन शैली, त्याग र निष्ठा पत्रकारका नयाँ पुस्ताका लागि अनुकरणीय रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । 

स्वर्गिय गुप्ताको ९४ औं जन्मजयन्तीको उपलक्ष्यमा पन्नालाल गुप्ता प्रतिष्ठान नेपालगन्जले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले सो कुरामा जोड दिएका हुन् । 

अधिकांस बक्ताले स्वर्गिय पत्रकार गुप्ताको जीवन शैली, विचार र आर्दशलाई पछ्याउन सकेमा उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । उक्त कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मी, नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टरका जिल्ला अध्यक्ष डक्टरप्रसाद धिताल, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्षद्धय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, प्रजातान्त्रिक विचार समाज बाँकेका अध्यक्ष डा. राजकुमार सुवेदी लगायतले स्वर्गिय गुप्ताले नेपाली पत्रकारिता, लोकतन्त्र र समाज सेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए । 

प्रतिष्ठानका अध्यक्ष एवम् नेपालगन्जका पुर्वमेयर विजय गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले गरेका थिए । कार्यक्रममा नागरिक समाजका अगुवा, कानुन ब्यवसायी, सञ्चारकर्मी, प्रतिष्ठानका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । स्वर्गिय गुप्ताको ९४ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले यसअघि बाँकेका पत्रकारका लागि निःशुल्क मृगौला परिक्षण, मानव सेवा आश्रममा रहेका असहायलाई खाना खुवाउने कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार