मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

प्रधानमन्त्रीको आश्वासन- बझाङका भूकम्पपीडितहरुलाई घर बनाइदिन्छौँ

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन् ।

त्यसक्रममा प्रधानमन्त्री दाहालले घर पूर्णरुपमा क्षति भएका परिवारलाई अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।

प्रधानमन्त्री दाहालले भूकम्पबाट कहाँ, के, कति क्षति भएको छ भन्नेबारे छिट्टै यकिन गरिने र त्यस आधारमा सामान्य मर्मत सम्भार, प्रबलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने अवस्थाको तथ्यांक संकलन गरिने बताए ।

'भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्डबमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ,' प्रधानमन्त्री दाहालले भने, 'राहत सामग्रीहरू जस्तै: पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपांगता भएका व्यक्तिलाई आवश्यक सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।'

प्रधानमन्त्री दाहालले भूकम्पनमा परी घाइतेहरुको नि:शुल्क उपचारको प्रबन्ध गर्ने घोषणा गरेका छन् । त्यस्तै, भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निर्माण अगाडि बढाइने प्रधानमन्त्री दाहालको घोषणा छ ।

प्रधानमन्त्री दाहालले सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदि क्षति पुगेका संरचनाहरूको क्षति मापन गरी यथाशीघ्र पुनः निर्माण गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार