मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ओलीप्रति प्रचण्डको कटाक्ष ः ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने,भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीप्रति कटाक्ष गर्दै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’ भन्दै यो किन भइरहेको छ भन्दै प्रश्न गरेका छन् भने यसमा व्यक्तिको मात्रै दोष नभई प्रणालीमा नै खोट भएको औल्याएका छन्
३० भाद्र २०७९, बिहीबार

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीप्रति कटाक्ष गर्दै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’ भन्दै यो किन भइरहेको छ भन्दै प्रश्न गरेका छन् भने  यसमा व्यक्तिको  मात्रै दोष नभई प्रणालीमा नै खोट भएको औल्याएका छन् । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाम्रो प्रणालीको कारण देखा परेको विकृति र विसंगतीलाई सुधार गर्न शान्ति पूर्ण तरिकाले छलफल र बहसको माध्यमबाट समाजिक जीवनका विभिन्न क्षेत्र र सहभागितामा आवश्यक पर्दा सडकबाट पनि नेपालमा मौलाएको कुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न सकिने बताएका छन् । मेसिननै ठिक नभएपछि जति राम्रो सामान हालेपनि  सामान अन्ततः विग्रिने भन्दै प्रणालीमा सुधार गर्न जरुरी रहेको उनको धारणा थियो । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर व्याप्त विकृति र विसंगतीलाई कुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने भन्दै प्रचण्डले देशको शक्तिलाई एकतावद्ध बनाएर विकास र समृद्धितिर लान सकिने बताए । वुज्रुवा र भ्रष्टहरुलाई माओवादी नेतृत्व रहँदासम्म चयनमा बस्न नदिने दावी गर्दै उनले  त्यसका लागि सहयोगको अपिल गरे । जनयुद्ध, जनआन्दोलन जहिले पनि जनताको साथका कारण सफलताको यो विन्दुसम्म आएको स्मरण गर्दै उनले अर्को सफलताको नयाँ विन्दुसम्म पुग्न पनि जनताको साथ आवश्यक रहेको बताए । नीजि क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई सहज ढंगले व्यवसायको प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नु नै राज्यको पहिलो जिम्मेवारी रहेको उनको भनाइ थियो । कोभिडले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको भएपनि विस्तारै मिल्दै आएको र  मुलुकलाई आत्मनिर्भर बनाउने र औद्योगिकरणको आधार भनेकै कृषिमा आधारित उद्योगहरु भएकाले कृषिमा सुधार र क्रान्ति आबस्यक भएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार