बाँके । नेपालगन्ज उपमहानगरपालिका स्तरीय नेपाल राष्ट्रिय कर्मचारी महासंघ को अध्यक्षमा प्रेम बजगाई चयन भएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ बाँकेका अध्यक्ष पबन देव अर्यालकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष रतन बहादुर शाहीकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले बजगाईलाई सर्बसम्मत अध्यक्ष चयन गरेकाे हाे ।
उक्त नगर कमिटीकाे कार्यसमितिमा उपाध्यक्ष गाेरख बहादुर नेपाली चयन भएका छन । कार्यसमितिको सचिवमा महेन्द्र लाेथ, सह सचिव बिमला बराल , कोषाध्यक्षमा गजेन्द्र शाही त्यसै गरि सदस्यहरुमा तेज बहादुर सिंह, भिम सुनार ,नेब लाल घर्ती , कमल चाैधरी,नथुनि कुमारी चाैधरी , नबराज अधिकारी,सक्त बहादुर परियार,महेश बिक,नरेन्द्र रावल र सुर्जा सिंह रहेका छन् ।
आस्थाका आधारमा कसैले कसैलाई विभेद गर्नु राष्ट्र सेवक कर्मचारीको नैतिकता नहुने माओवादीका नेता बसन्त मल्लको भनाइ थियो । अधिवेशनमा उहाँले नेपाल राष्ट्रिय कर्मचारी महासंघको सफल अधिवेशनको शुभकामना दिँदै नयाँ नेतृत्वले राष्ट्रको निर्माणमा सहयोग गर्न सक्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । सबै कर्मचारीहरु संगठीत हुँदै आफ्नो हकहितका लागि कुरा उठाउनु जायज भएको बताउँदै कर्मचारीले आफ्नो मात्र नभई राष्ट्रको निति निर्माण र राष्ट्रिय हितमा समेत वोल्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघ बाँकेका अध्यक्ष आर्यालले कर्मचारीहरुले सच्चा र सत्य कामका लागि कसैसँग पनि डराउनु नपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले राज्यलाई स्थायी सरकार दिने वा अस्थाई सरकार बनाउने भन्ने उनिहरुकै कामको मुल्याङ्कनबाट थाहा हुने बताउनुभयो । यदि कसैले राष्ट्रीय हित विपरीत कर्मचारी भएर काम गर्छ भने नेपाल राष्ट्रिय कर्मचारी महासंघले खवरदारी गर्न जरुरी रहेको औल्याउनुभयो ।
अधिवेशनमा माओवादी केन्द्रका नगर अध्यक्ष शाहीले माओवादीको शुभेछुुक संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघमा आवद्ध कर्मचारीहरु विचार र सिद्धान्तमा अडिक रहने बताउँदै उनिहरुको कार्यदक्षतामा कसैले पनि औला ठड्याउन नसक्ने बताउनुभयो । अहिले पार्टीले राष्ट्रिय एजेण्डालाई संस्थागत गर्दै मुलुकको नेतृत्व माओवादीले नै गरिरहेको औल्याउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका स्तरीय नेपाल राष्ट्रिय कर्मचारी महासंघ को १५ सदस्य नगर कमिटी बने जिल्ला अध्यक्ष आर्यालले जानकारी दिनु भयो ।