मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भूकम्पमा परी मृत्यु भएका प्रति परिवारलाई २ लाख दिने सरकारको निर्णय

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

काठमाडौँ । सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाहरूलाई तत्काल मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनकाअनुसार बैठकले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ भने शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै, सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ भने प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ । बैठकले छिमेकी देशहरूसहित दातृ निकायबाट औपचारिकरुपमा प्राप्त हुने सहयोगलाई स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको ज्यान गइसकेको छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार