मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

अमृता मृत्यु प्रकरण: समाचार संकलन गर्न पुगेका पत्रकार माथी प्रहरीले गर्यो दुर्व्यवहार

महमूद आलम खान 1132+ समाचार ( )
अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए ।
२ वैशाख २०७९, शुक्रबार

बुटवल । समाचार संकलनको क्रममा रहेका खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य, सम्पादक दिनेश श्रेष्ठ र ग्लोबल आवाज डट कमका समाचार प्रमुख डीबी सुस्लिङलाई बुटवलमा प्रहरीले दुर्व्यवहार गरेको छ ।

रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले संचारकर्मीत्रयमाथि दुर्व्यवहार गरेका हुन् ।

अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा खबरकुराका प्रबन्धसम्पादक कर्माचार्यले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले कर्माचार्यको कठालो समात्दै कुटपिटको प्रयास गर्नै लाग्दा अर्को एक प्रहरी आएर छुटाएका थिए ।

प्रदर्शनमा उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगरबाट इप्रका बुटवल पुगेर नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरील प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो ।

बुधबार राति माइतीघर जानकीनगरमा रहेकी अमृतालाई पटकपटक फोन गरी घरमा बोलाएको एक घण्टा नवित्दै उनको मृत्यु भएको माइती पक्षले दाबी गरेको छ । प्रदर्शनकारीले अमृताको हत्या भएको दाबी गर्दै त्यसमा उनको श्रीमान मात्र नभएर घरका अन्य परिवार पनि रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार