मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बर्दियामा जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापन तालिम

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
९ मंगशिर २०८२, सोमबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाको गुलरियामा जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र मानवतावादी कार्यक्रम सम्बन्धी दुईदिने क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

क्लबले सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य किशोरी तथा युवाहरूको जलवायु परिवर्तन र विपद् सम्बन्धी ज्ञान, नेतृत्व क्षमता र स्थानीय स्तरमा कार्यान्वयन क्षमतामा वृद्धि गर्नु रहेको क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताउनुभयो । 

उहाँका अनुसार दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई जलवायु परिवर्तनका आधारभूत अवधारणा, कारण तथा स्थानीय प्रभाव,अनुकूलन र न्युनिकरणका व्यावहारिक उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

तालिमका सहभागीहरूले आफ्नो समुदायमा देखापर्ने जलवायु तथा विपद् सम्बन्धी समस्याहरूका बारेमा खुला रूपमा छलफल गरेको तथा समाधानका सम्भावित उपायहरूका बारेमा पनि गम्भीर भएर विचारविमर्श गरेको क्लबले जनाएको छ ।  

तालिमका प्रमुख प्रशिक्षक मुकुन्द अर्याल रहनु भएको थियो भने उहाँले सहभागिहरुलाई दिनु भएको तकनीकी मार्गदर्शन, सहभागीमूलक सिकाइ पद्दति र प्रस्तुतीकरण शैली अतिनै प्रभावकारी रहेको थियो । 

सो तालिममा किशोरी क्लव तथा युवा क्लवका २४ जना सदस्यको सक्रिय सहभागिता रहेको थियो । आयोजकका अनुसार, तालिमले सहभागीहरूलाई समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक ज्ञान, सोच र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार