मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

पैगम्बरको विरुरद्धमा स्टाटस लेख्नेहरु माथि कारवाही माग गर्दै मुस्लिमहरुद्धारा नेपालगंजमा बिरोध प्रर्दशन
सामाजिक सद्भावमा खलल पु¥याउनेहरु माथि बिद्युतिय अपराधको मुद्दा चलाइने

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१४ अशोज २०८०, आइतबार

बाँके १४ असोज । धर्मको नाममा केही व्यक्तिले बाँकेको वर्षौँदेखिको सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ ।

आइतबार सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको बृहत् बैठकमा सहभागीहरुले धर्मको नाममा सद्भाव बिगार्नेलाई कारबाही गर्न सुझाव दिएका छन् ।

व्यक्तिगत कुरालाई सामाजिक सञ्जालमा राखेर ठूलो बनाउन खोज्नेको पहिचान गरेर कारबाही गर्नका लागि स्थानीय प्रशासनसमक्ष सामाजिक सद्भाव समितिका संयोजक फिरोज हल्वाई, वडा नं. ५ का अध्यक्ष सराफत अलि शेष लगायत मुस्लिम धर्मका अगुवाहरुले आग्रह गरेका हुन् ।

इस्लाम धर्मका विरुद्धमा विवाद स्पद भिडियो, स्टाटस लेख्ने र सेयर गर्नुका साथै पैगम्बर मोहम्मदका विरुद्धमा समाजिक संजालमा लेख्नेहरु माथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा नियन्त्रणमा लिई कारवाही गर्न मुस्लिमहरुले किटानी नाम सहित ज्ञापन पत्र बुझाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्नेहरुको विरुद्धमा नेपालगंजमा मुस्लिमहरुले प्रर्दशन समेत गरेका थिए । 

ज्ञापन पत्र बुझदै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाले विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने र धार्मिक आस्था माथि अघात पुग्ने कुनै कार्य नगर्न नगराउन सबै संग अपिल गर्दै इस्लाम धर्मको आस्था माथि चोट पुग्ने गरी स्टाटस लेख्नेहरु माथि ४८ घण्टा भित्रै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाउने प्रतिबद्धता गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी आचार्यले धर्म सम्बन्धी विवादमा सभा–जुलुस नगर्न नगराउन सम्बन्धी पक्षहरु संग आग्रह गर्दै समाजमा सदभाव बिगार्न भूमिका खेल्ने जुन धर्मको जुन सुकै स्तरको व्यक्ति भए पनि नछोडने चेतावनी दिए । 

सदभाव समितिका संयोजक फिरोज हल्वाईले सम्प्रदायिक सद्भाव बिगार्ने काम कहीँकतैबाट हुनु समाजको लागि ठीक नभएकाले यस्ता गतिविधि गर्नेको पहिचान गरेर कारबाही गर्नका लागि सुझाव दिएका थिए । बैठकमा बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठोर, अनुसन्धानका प्रमुख मोहन कुमार लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Mustak box १४ अशोज २०८०, आइतबार

Hami nepali 100 thunga ful ka hami 1 mala nepali, kasai ko aastaha ma chot puraune ko kunai dharma hudaina yo chimeki rasta ka dalal hun in lai karwai hunai parxa

Mustak box १४ अशोज २०८०, आइतबार

Hami nepali 100 thunga ful ka hami 1 mala nepali, kasai ko aastaha ma chot puraune ko kunai dharma hudaina yo chimeki rasta ka dalal hun in lai karwai hunai parxa

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार