मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

ठेकेदारको लापरबाहीले नरैनापुरको प्रशासकीय भवन अलपत्र

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको प्रशासकीय भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी महालक्ष्मी/जुगल विल्र्डस जेबीको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो ।

पटक पटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले भवन निर्माणको काम समयावधि नगरिदिएका कारण कारण पालिकाको काम वडा कार्यालयबाट सेवा प्रवाह गर्न बाध्य रहेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

साबिकको नरैनापुर गाविस कार्यालयबाट नरैनापुर गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको छ । नयाँ भवन निर्माण भइसके पनि पेन्टीङ्ग, फर्निचर र विद्युत् वायरिङलगायतको फिनिसिङको काममा निर्माण व्यवसायीले ढिलाइ गरेको लेखा अधिकृत भरत बस्नेतले बताउनु भयो । आफ्नै भवन तयार नहुँदा गाउँपालिकाको काम साँघुरो भवनबाट हुँदै आएको अधिकृत बस्नेतले भनाई छ ।

महालक्ष्मी/जुगल विल्र्डस जेबी काठमाडौँले पारेको भवनको ठेक्का सम्झौता ०७७ साल चैत्र ५ गते भएको इन्जिनियर प्रबिन श्रेष्ठले बताउनु भयो । ०७९ साल असोज ३१ गते सम्पन्न गर्ने गरी भएको सम्झौता ०८१ साल लाग्दा पनि सम्पन्न हुन नसकेको इन्जिनियर श्रेष्ठले बताउनु भयो ।

ठेक्का सम्झौता सकिएता पनि ठेकेदार कम्पनीलाई पालिकाले तेस्रो पटक म्याद थप गरेर ०८० साल फागुन २९ गतेसम्म काम सम्पन्न गर्न अनुमति दिएको थियो । ठेकेदारको लापरबाहीका कारण तेस्रो पटक म्याद थप हुँदा समेत काम सम्पन्न नहुँदा निर्माणाधीन भवन अलपत्र परेको प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत वलीले भन्नुभयो, ठेकेदार कम्पनीलाई तत्काल काम सम्पन्न गर्न निर्देशन दिई सकेको बताउँदै तिन महिना भित्रै काम सम्पन्न नगरे म्याद थप नगरी ठेक्का रद्द गर्ने चेतावनी दिनु भएको छ ।

इन्जिनियर श्रेष्ठका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँको लागतमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत अनुदानमा निर्माण सुरु भएको गाउँपालिकाको निर्माणाधीन भवनको भौतिक प्रगति ८५ प्रतिशत देखिएको उक्त भवन निर्माण सँगै ठेकेदार कम्पनीले हालसम्म ४ करोड २८ लाख रुपैयाँ भुक्तानी लिएको छ भने १८ लाख पेश्की लिएको लेखा अधिकृत बस्नेतले बताउनु भयो ।

ठेकेदार कम्पनीले तेस्रो पटक सम्म पनि काम सम्पन्न गर्न नसके पछि पाँचौँ पटकका लागि फेरी निवेदन दिए पनि पालिकाले ग्यारेन्टी पत्र र इन्सोरेन्स लगायत कागजातका आधारमा ३ महिनाको म्याद थप गर्नु पर्ने हो तर पटक पटक म्याद थप गरेर पनि भवन पूर्ण रुपमा निर्माण हुन नसकेकोले म्याद थप गर्न पालिका असमर्थ रहेको छ । पालिकाले ३ महिना भित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार