मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

संविधानको रक्षाका लागि सरकारको नेतृत्व गठबन्धनले गर्छ- खड्का

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेस
३१ अशोज २०७९, सोमबार

सुर्खेत । संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।

निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आउनुभएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशको समृद्धिका लागि अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताएका हुन् ।

उपसभापति खड्काले भने, ‘विगतमा दुई÷दुई पटक संसद् विघटन गरेर संविधान र व्यवस्थालाई नै असर पार्ने प्रयासलाई परास्त गर्न अहिलेको गठबन्धन बनेकाले संविधान र व्यवस्थाको रक्षासँगै देशको समृद्धिका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउन म आग्रह गर्दछु ।’

‘देशलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने सङ्कल्प गठबन्धनको रहेको र आगामी निर्वाचनपछि बलियो र स्थिर सरकार बनाउन पनि हाम्रा साझा उम्मेदवारलाई जिताउनुहोस्’, उनले भने ।

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहनुभएका उपसभापति खड्काले आगामी मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा र जनताका अधिकार स्थापित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका दलले जिते मात्रै अहिलेको संविधान र व्यवस्थाको रक्षा हुने बताए ।

प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धन बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउँदै उनले सुर्खेतमा आफूहरुले सुरु गरेको विकास तथा निर्माणका काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच पु¥याउने काम आफ्नो ध्यानकेन्द्रित हुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उपसभापति खड्काले सुर्खेत विमानस्थल विस्तारका लागि केही प्राविधिक समस्या रहेको र यसबाट असर पर्ने नागरिकको समस्यालाई पनि बुझ्नुपर्ने बताए । उनले विमानस्थल विस्तारका लागि अन्य वैकल्पिक ठाउँको पनि खोजी भएकाले यस विषयलाई लिएर राजनीति नगर्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार