मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |
मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |


“तमू समुदायको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।”–मुख्यमन्त्री केसी

महमूद आलम खान 1133+ समाचार ( )
१४ पौष २०७८, बुधवार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आज गुरुङ समुदायको पर्व तमू ल्होसारको अवसरमामा गुरुङ समुदायो भाषा धर्म सस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा पनि पहल गर्ने प्रतिद्धता व्यक्त गर्नुभएको छ । 

आज विहानै तमू ल्होसार २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै बताउनुभएको हो । आज विहानै तमु ल्होसार २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छः–“लुम्बिनेपाली एवं विशेष गरी गुरुङ समुदायको महान पर्व “तमु ल्होसार–२०७८” को अवसरमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । । साथै हाम्रो लुम्बिनी प्रदेशमा बसोबास गरी रहनुभएका गुरुङ समुदायको भाषा, धर्म, सँस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकार पहल गर्दै आएको र आगामी दिनमा समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”   

मुख्यमन्त्री केसीले नेपालको संविधानले सबै समुदायको भाषा सँस्कृतिका विकासका समान अधिकार प्रदान गरेको बताउनुभएको बताउँदै केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छः–“अधिकारका लागि हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ । यसै भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाती, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविधितै छ । नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु ।” 

 विगतका भएका तमाम परिवर्तनका आन्दोलनहरुले सबै समुदायलाई राज्यको मुलधारमा लिनका लागि गरिएको समाबेसी, समानुपातिक अवधाराणले सबै समुदायको समानुपातिक विकास गरेको बताउनुभयो । मुख्यमन्त्री कुलप्रसाद केसीद्वारा जारी गर्नुभएको शुभकाना सन्देशमा भनिएको छ ः–“आन्दोलन लहामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ । यसै अनुरुप सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु ।”

 लुम्बिनी प्रदेशलाई सबै समुदायको साझा प्रदेशको रुपमा विकास गर्नका लागि सबै समुदायलाई आगह गर्दै भन्नुभएको भन्नुभएको छ । “यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु । तमु ल्होसार–२०७८ को अबसरमा प्रदेशवाशीको हर्ष, उल्लास, सद्भाव पूर्ण भावना कायम रहोस् । समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीहरुमा पुनः तमु ल्होसार–२०७८ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । ”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार