मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बिधालयलाई बस उपहार दिईने समाजको घोषणा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२६ माघ २०८१, शनिबार

बाँके । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा श्री जनता मा.बि. सन्तकुटी खजुरामा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नम्वर ३ का साँसद किशोर सिंह राठौरले शैक्षिक क्षेत्रको समग्र बिकासका लागि सबै क्रियाशिल हुनुपर्ने बताए । 

कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख डम्वर बि.क. तुफान र नरैनापुर गाउँपालिका प्रमुख इस्तियाह अहमद शाह, खजुरा पालिका उपप्रमुख मञ्जु मल्ल, नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखा सभापति जिवनाथ सापकोटा, खजुरा गापा ३ नम्वर वडा अध्यक्ष पूण वहादुर भण्डारी, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र खत्रीले विद्यालयको हालको अवस्थाको वारेमा प्रकाश पारेका थिए । विद्यालयको माग पत्र कार्यक्रमका प्रमुख अतिथिलाई व्यवस्थापन अध्यक्ष केर सिंह थापा र प्रधानाध्यापक महेन्द्र खत्रीले हस्तान्तरण गरेका थिए ।

पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभाको अवसरमा श्री जनता माबिका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु हरिप्रसाद ढुङ्गाना, भानुभक्त रिजाल, शैलेन्द्र खत्री, सीता सर्वुचा र कान्तुराम गौतमलाई सम्मान पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नम्वरका साँसद किशोर सिंह राठौर, समाजका अध्यक्ष झविलाल शर्माले संयुक्तरुपमा सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको तर्फबाट भानुभक्त रिजालले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसै गरी समाजले पूर्व विद्यार्थी समाजको समाजको तेस्रो स्थापना दिवसको अवसरमा सहयोग गर्नु हुने क्लीन नेपालगंज ग्रिन नेपालगंजका प्रमुख डाक्टर विनोद कर्ण, प्रादेशिक रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र नेपाल व्रिटेन कान सामुदायिक सेवा केन्द्रका प्रमुख श्री रामवहादुर वोहारालाई सम्मान गरिएको थियो ।

यसैगरी जिल्लामा उत्कृष्ट जनमुखी सेवा प्रदान गरी जनप्रिय जनप्रतिनिधिको रुपमा आफ्नो पहिचान बनाएको भन्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयबाट २०३३ सालमा एस एल सी उतिर्ण गर्नु हुने पूर्व विद्यार्थीहरु भद्र प्रसाद देवकोट र घनश्याम शर्मा निरौलालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा श्री जनता माबी सन्तकुटीबाट २०८० मा शिक्षा क्षेत्रबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थी श्री दशरथ चमार र २०८१ को सातौ पालिका स्तरीय मेयरकप प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी अर्जुन वि.क. लाई सम्मान पत्र समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले समाजको बारेमा समिक्षात्मक सम्बोधन गर्दै समाजले विद्यार्थीहरुलाई विद्यालयमा आर्थिक कारणले पढ्नको लागि समस्या भए त्यसको लागि पूर्व विद्यार्थी समाजले आगामी दिनहरुमा सहयोग गर्दै जाने बताए ।

अध्यक्ष शर्माले विद्यालयको लागि अर्को साधारण सभा तथा अधिवेशनमा विद्यालयका लागि वस उपहार दिने घोषणा गरिएको थियो । साधारणसभामा विद्यालयको वस खरिदका करिव ४ लाख वढि रकमको सहयोग प्राप्त भएको थियो । समाज बिगत लामो समय देखि सामाजिक क्रियाकलापमा सक्रिय छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार