मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

माओवादी केन्द्र बाँकेले कार्यकर्तालाई दियो सुचना र प्रविधि सम्बन्धि तालिम

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ भाद्र २०८०, बिहीबार

बाँके  । नेकपा माओवादी केन्द्र बाँकेले आइसिटी फोरम मार्फत बिहिबार नेपालगन्जमा ‘सुचना तथा सञ्चार प्रविधि’ सम्बन्धि एक दिने प्रशिक्षण सम्पन्न गरेको छ ।

माओवादी केन्द्रसंग आवद्ध पत्रकार, विद्यार्थी, महिला, वाइसीएल तथा जिल्लाका ८१ वटै वडाका पार्टीका युवा लगायत करीब एक सय ५० जनालाई सुचना तथा सञ्चार प्रविधि सम्बन्धि प्रशिक्षण दिइएको आइसिटी फोरम बाँकेका संयोजक दीपेन्द्र बिष्टले जानकारी दिए ।

माओवादीका एजेन्डाहरु, कार्यक्रमहरु, माओवादी नेतृत्व वर्तमान सरकारले गरेका राम्रा कामहरू छिटो र छरितो रुपमा प्राबिधिको उच्चतम प्रयोग गरि जनतासामु पुर्‍याउनका लागि प्राविधिक रुपमा पार्टीका युवाहरूलाई प्रशिक्षित गर्ने अभियान सुरु गरिएको उनले बताए ।

अहिलेको युग सूचना र प्रविधिको भएकोले पार्टीका सबै जनवर्गीय संगठनका सदस्यहरुलाई सुचना र प्रविधिसंग जोडेर सबैलाई प्रविधिमैत्री बनाउदै प्रविधिमा दक्ष बनाउने उद्देश्यले पार्टीको आइसिटी फोरमको आयोजनामा प्रशिक्षण दिइएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले बताए ।

यही भदौ १६ गतेबाट देशैभर एकसाथ सञ्चालन गर्न लागिएको ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत माओवादी केन्द्र बाँकेको आइसिटी फोरमले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको संयोजक पाण्डेको भनाई थियो ।

प्रशिक्षणको प्रमुख प्रशिक्षकका रुपमा प्रधानमन्त्री कार्यालयका आइटी अधिकृत एवं आइसीटी फोरम बाँकेका सचिव फरिद अलि रहेका थिए । कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्टार रेग बहादुर भण्डारीले पनि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रशिक्षकहरुले सामाजिक संजालको प्रयोग तथा दुरुपयोग, साइवर अपराध सम्बन्धि कानुन, बिद्युतीय अपराध तथा कानुन लगायतका धेरै विषयमा प्रशिक्षण दिएको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले बताए ।

प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा आइसिटी फोरम बाँकेका संयोजक दीपेन्द्र बिष्ट, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स), लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके जिल्ला इन्चार्ज कुल प्रसाद के.सी. सोनामले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार