मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लोकप्रिय अभिनेता पल शाहको क्रेजले तातियो नेपालगन्ज महोत्सव

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
११ माघ २०८२, शनिबार

नेपालगन्ज । लोकप्रिय अभिनेता पल शाहको आगमनले नेपालगन्ज महोत्सवमा थाम्नै नकिने भिड देखिएको छ । नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवको दशौं दिन महोत्सवमा आउनुभएको लोकप्रिय अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो ।

महोत्सबमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । नेपालगन्ज महोत्सवमा शाहको उपस्थितीले पनि महोत्सवको उमंग बैग्लै देखिएको थियो । महोत्सवमा पल शाहले नमस्ते नेपालगन्ज मात्रै के भन्नुभएको थियो महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् । महोत्सव आवलोकन गर्न आएका दर्शकहरु शाहको आगमन हुनासाथ चिच्याउदै नाच्न थालेका थिए । 

अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडीयो बुझेन मायाले प्यार गरेको बोलको प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए । अभिनेता शाहको प्रस्तुतीले नेपालगन्ज महोत्सवका दर्शकहरु अबेर साझसम्म महोत्सव स्थलमा बसेर शाहको प्रस्तुतीमा रमाई रहेका थिए । दर्शकको थामी नसक्नु भिडले महोत्सवमको माहोल तताएको थियो । पल शाहको प्रस्तुतीलाई हेर्न दर्शकको भिडले बृद्धबृद्धा आमाबुवा तथा बालवालिकालाई सम्हाल्न हम्मे हम्मे परेको थियो ।। महोत्सवको दशौं दिन पल शाहसहित चर्चित चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । 

शनिवार महोत्सवमा आएका गायिका दिलमाया विश्वकर्मा, गायक सुमन बि.टी., गायक चन्द्र घायल, गायिका भूमिका मगर र डान्सर भावना चौधरी लगायको बेजोड प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएका थिए । आयोजकका अनुसार महोत्सबमा शनिवार अहिलेसम्मकै सबैभन्दा ठूलो भिड लागेको थियो ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो । 

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिनुभयो । महोत्सवमा चर्चित, गायक तथा मोडल दुर्गेश थापा लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी गराउनुभयो । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ । जसमा १० जनाको प्रतिस्प्रर्धा भैरहेको छ । 

यस्तै भोली ११ गते आइतवार नेपालगन्ज महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको लगायको बेजोड प्रस्तुती रहने छ । यसैबीच, दर्शक तथा व्यवसायीहरूको उच्च चापलाई मध्यनजर गर्दै महोत्सवको अवधि माघ १७ गतेसम्म थप गरिएको महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार