मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मधेशी आयोगद्वारा लुम्बिनी‌ प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस

महमूद आलम खान 1133+ समाचार ( )
मधेशी आयोगले मधेशमा मात्र मधेशीभएको बुझ्नु हुदैन
१३ फाल्गुन २०७८, शुक्रबार

गुनाराम घिमिरे

बुटवल । मधेशी आयोगका सदस्यहरूले आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष आफ्नो प्रगति प्रतिवेदन बुझाएका छन।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले मधेशी आयोगले मधेशमा मात्र मधेशीभएको बुझ्नु हुदैन । मधेशीहरू देशका सबै ठाउँमा छन हिमाल पहाड तराई जताततै छरिएर बसोबास गरेको हुँदा मधेशी आयोगले ति सबैलाई समेटेर काम गर्नुपर्ने सुझाव दिदै, अहिलेसम्म मधेशी आयोगले मधेशमा मात्र काम गरेको अवस्था छ । त्यसलाई परिमार्जित गर्नु पर्ने अवस्था छ, देशका नागरिकलाई भौगोलिक हिसाबले नै अप्ठ्यारो परेको छ ।

मधेशी जनतालाई पहाडी र हिमालीले बिभेद गर्नु भन्दा पनि मधेशी जनतालाई मधेशीले नै बिभेद गरेको अवस्था छ। मधेशी समुदायमा बढ्दै गएको अन्ध विश्वासले यति धेरै जरो गाडेको छ ,ति अन्धविश्वासलाई चिर्ने काम सरकार र सरकार मातहतका बिभिन्न संघ संस्था हरूको भएको हुँदा यो महत्वका साथ गर्नुपर्ने बताउँदै मधेशी आयोगका प्रतिनिधि हरूलाई आग्रह समेत गर्नुभएको हो। 

मधेशमा मुसहर लगायतका जातिहरू लाई बिभेदमा गरिएको छ त्यो अशिक्षाको कारण हो। मधेशी आयोग स्थापना भएको पनि धेरै भैसक्यो यस्ता मुद्दाहरू माथि आयोगले एकदमै जिम्मेवारीपूर्ण तरिकाले काम गर्न सुझाव दिदै नेपालमा दासत्व र वर्गीय अन्तरविरोध ले अझै जरा गाडेको हुँदा दासत्व कै कारणले देशमा नागरिकहरूले दुख पाएको अवस्था छ, सबै मिलेर यस्को अन्त्य गर्नु जरुरी छ भन्दै प्रदेश प्रमुख अमिक शेरचनले आफू नेपालका मुगु जिल्ला बाहेक सबै जिल्ला घुमेको हुँदा विभेदहरू हिमाल र पहाड को तुलनामा मधेशी समुदायमा धेरै भएको हुँदा यसमा ध्यान दिदै यि र यस्ता विषयवस्तुलाई केन्द्रमा राखेर काम गर्न को लागि आग्रह गर्नु भयो ।

मधेशी आयोगका सदस्य विजय गुप्ता र रेणु देवि शाह ले लुम्बिनी प्रदेश कार्यालयमा एक औपचारिक कार्यक्रम गरी लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचन लाई आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्। मधेशी आयोगका प्रतिनिधि रेणु देवि शाहका अनुसार नेपालको संबिधानले बिभिन्न राष्ट्रिय रुपमा संबैधानिक आयोगहरूको अवस्था अनुसार व्यवस्था ‌सोही अनुसार प्रतिवेदन पेश गरेको बताउनु भयो ।

त्यस्तै प्रतिवेदनमा पेश गर्ने क्रममा विजय गुप्ता मधेसी आयोगले मधेशमा बढ्दै गएको बिभेद र अन्धविश्वास र अशिक्षाले गर्दा मधेसी जनताको बिग्रिँदै गएको अवस्थालाई माथि उठाउनको निमित्त निरन्तर काम गर्दै आएको जिकिर गर्नु भयो ।

कार्यक्रममा प्रदेश प्रमुखका कार्यालय सचिव चिरन्जीवी पौडेल सचिवालय कर्मचारीहरु तथा पत्रकार लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार