मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बीरगंजमा राजस्व छली आशङ्कामा छापा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२७ माघ २०८२, सोमबार

बीरगंज। बीरगंज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज  भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ । राजस्व छलीको आशङ्कामा गरिएको उक्त छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबिच झडप हुँदा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली गोदाममा पुगेको थियो । खानतलासी सुरु गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए ।

व्यापारीहरूले आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै विनाकारण सशस्त्र प्रहरीले दुःख दिएको आरोप लगाएका छन् । सोही क्रममा आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरीले जनाएको छ ।

झडपका क्रममा ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी चढेको गाडीको अगाडिको सिसा फुट्नुका साथै एकजना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीले गोदामबाट ठुलो परिमाणमा भारतीय कपडा लगायतका सामान नियन्त्रणमा लिएको छ । “अहिले सामानको लगत लिने र मुचुल्का उठाउने काम भइरहेको र गोदाम कसको हो भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीले बताउनुभयो ।

यता व्यापारीहरूले भने वैध रूपमा व्यवसाय गर्दै आएका व्यक्तिलाई पनि तस्करझैँ व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिलबिजक देखाउँदा समेत सामान नियन्त्रणमा लिन खोजिएपछि स्थिति नियन्त्रण बाहिर गएको उनीहरूको भनाइ छ ।

घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार