मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


केन्द्रीय सदस्यहरुले भने- नेतृत्वको कार्यशैली ठिक भएन

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
उनीहरुले पार्टी सच्चिनुको विकल्प नहरहेको समेत धारणा राखेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।
१८ श्रावण २०८०, बिहीबार

काठमाडौं । नेकपा माओवादीका केन्द्रीय सदस्यहरुले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । उनीहरुले पार्टी सच्चिनुको विकल्प नहरहेको समेत धारणा राखेका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् ।

बैठकको दोस्रो दिन बिहीबार केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी पार्टीजस्तो नभएको बताउँदै पछिल्लो समय पार्टीको विचार र व्यवहार लथालिंग भएको बताए । उनले भने, ‘पार्टीको विचार र व्यवहार लथालिंग हुँदा मोओवादी निरन्तर ओरालो यात्रामा रहेको आभाष भइरहको छ ।’ नेता न्यौपानेले शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्र्टी बदनाम भइसकेको बताउँदै भने, ‘अब पार्टी सच्चिनुको विकल्प छैन ।’

उनले माओवादीले संसदीय व्यवस्थाबाट पार्र्टी बनाउँछु र ठूलो बनाउने सपना नदेखे हुने बताउँदै भने, ‘संसदीय प्रणालीमै जाने भए कांग्रेस र एमालेभन्दा माओवादी फरक छैन ।’ नेता न्यौपानेले विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको विचलनको स्मरण गर्दै भने, ‘यदि माओवादी पनि यसरी नै जाने हो भने त्यो खतरा रहन्छ । त्यसैले संसदीय व्यवस्थालाई उपयोग गरेर अर्को क्रान्तिको तयारी हामीले गर्नुपर्छ ।’

यस्तै, बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य दिलीप प्रजापतीले पार्टीमा अराजक हावी भएको बताए । उनले पार्टी अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट समेत पोखे । उनले भने, ‘माओवादीमा विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै भएको छ । पार्टीमा रहेका दोहोरो भूमिका हटाउनसमेत उनले माग गरे ।

नेता प्रजापतिले सहरमा माओवादीको संगठनात्मक संरचना कमजोर रहेको औँल्याउँदै भने, ‘यदि पार्टी बनाउने भने अब सहर केन्द्रित संंगठनात्मक संरचनामा जोड दिनुपर्छ ।’ पार्टी समय अनुसार चल्नुपर्ने भन्दै उनले माओवादी सामाजिक सञ्जालको प्रयोगमा चुकिरहेको बताए ।

यस्तै, अर्का केन्द्रीय सदस्य हरिराज अधिकारीले समाजवादी केका लागि बनेको भन्दै प्रश्न गरे । उनले नेतृत्वलाई प्रशन गर्दै भने, ‘समाजवादी मोर्चा बन्नु राम्रो हो ?’ पोलिटब्युरोको व्यवस्थाबारे समेत प्रश्न गरे । यस्तै, केन्द्रीय सदस्य केशवनाथ योगीले नेपाल कृषिप्रधान देश भएपनि कृषकको दुःख अनेक रहेको उल्लेख गर्दै यसमा पार्टीले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

नेतृत्वले पार्टीलाई सही ढंगले चलाउनुपर्ने केन्द्रीय सदस्य शिवराज यादवले धारणा राख्दै पार्टी समितिलाई बढीभन्दा बढी मधेसीलाई समेटिनुपर्नेमा बताए ।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि पोखेका छन् । बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य दिपेन्द्र पुनले जिम्मेवारी लिन होडबाजी भएपनि कसैले राम्रो नतिजा ननिकाल्ने गरेको धारणा राखे । उननले पार्टीले जनसम्बन्ध गुमाउँदै गएको भन्दै यसमा नेतृत्वबाटै सुधारको थालनी गरिनुपर्ने बताए ।

बैठकमा बोल्र्दै केन्द्रीय सदस्य हरिनारायण चौधरीले मधेस प्रदेशमा कुनै समिति नभएको गुनासो गरे । उनले मधेसमा कुनै समिति नभएकाले सांगठनिक अभियान समेत सञ्चालन हुन नसकेको बताए ।

केन्द्रीय सदस्य दिलीप शाहले जम्बो समितिले कार्यकर्तामा निराशा थपेको बताए । केन्द्रीय सदस्य झकबहादुर मल्लले अध्यक्ष प्रचण्डले देश बनाउने संकल्प गरेको भन्दै प्रसंशा गर्दै भने, ‘भ्रष्ट, माफिया र दलाललाई यसरी नै कारबाही गर्न आँट गर्दै गए पार्टी बन्ने छ ।’

यस्तै, केन्द्रीय सदस्य हितबहादुर तामाङले विगतलाई निर्मम ढंगले समीक्षा गर्दैै पार्टीलाई अघि बढाइनुपर्नेमा जोड दिए । उनले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले राम्रो गरेको बताउँदै भने, ‘अहिले प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरेको छ । जसको जताततै प्रशंशा भइरहेको छ ।’ उनले नेतृत्वले पार्टी बनाउने कार्यकर्ताको मूल्यांकन गर्नु आवश्यक रहेको बताए ।

यस्तै, बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य माधव सापकोटाले पार्टी यथास्थितिमा अलमलिरहेको बताए । उनले भने, ‘पार्टी अहिले पनि यथास्थितिमा चलिरहेको छ । यसरी पार्टी निर्माण हुन सक्दैन । पार्टीलाई गति दिनेगरी कार्यक्रम बनाउन आवश्यक छ ।’ सबै कमिटीमा निर्वाचन गरिनुपर्नेमा जोड दिँदै उनले चाकडीकै भरमा एकै व्यक्ति पटकपटक मन्त्री भइराख्ने प्रवृत्तिको विरोध गरे ।

यसंैगरी, केन्द्रीय सदस्य विष्णुप्रसाद भट्टले अध्यक्ष प्रचण्डको प्रतिवेदन वर्तमान सन्दर्भमा सही भएको धारणा राखेपनि नेतृत्वले परिवारबाहेक अरुलाई विश्वास गर्न नसकेको गुनासो गरे । पार्टीका कतिपय नेताहरुमा कामचोर प्रवृत्ति हाबी भएको उनको गुनासो थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार