मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

समुदायमा अग्रणी भूमिका निर्वाह गर्ने मुस्लिम महिलाहरुको प्रतिबद्धता

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

नेपालगन्ज । सकारात्मक सोचका साथ समुदायमा अग्रणी भूमिका निर्वाह गर्ने बाँकेको खजुरामा सम्पन्न एक तालिममा सहभागिहरुले बताएका छन् । 

मुस्लिम महिलाहरुका लागि आत्मनिर्भर एवम् नेतृत्व बिकास सम्बन्धी तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै सहभागि महिलाहरुले यस्तो बताएका हुन् । तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै सहभागिहरुले सकारात्मक सोचका साथ अगाडी बढेमा मुस्लिम महिलाहरुले समेत अन्य महिला सरह सफलता हासिल गर्न सक्ने कुराको अनुभुति तालिमबाट भएको बताए । समुदायमा असल कार्य गर्न सधै अग्रसर रहने बताउदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने सहभागिहरुले प्रतिबद्धता गरेका छन् । 

तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुसिला न्यौपानेले तालिम पश्चात सहभागिहरुको ब्यवहारमा परिवर्तन आएको बताउदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गरिन् । गाउँपालिकाले महिलाहरुका लागि विभिन्न तालिमहरु आयोजना गर्ने गरेको बताउदै पालिका मार्फत हुने कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिन् । यसैगरी कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले मुस्लिम महिलाहरुको क्षमता विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको भन्दै सहभागिहरुको प्रतिक्रिया सुन्दा तालिम उद्धेश्यपरक भएको बताए । उनले तालिमबाट सिकेको कुरा आफ्नो हक अधिकारहरुको लागि प्रयोग गर्न सहभागि महिलाहरुलाई अनुरोध गरे ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको तालिम समापनको सञ्चालन बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । जेष्ठ ११ गते देखि सञ्चालन भएको तालिममा बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, निर्वतमान अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष दिला शाह, महासचिब कल्पना अधिकारी, पूर्व अध्यक्ष रमेश सिटौला, निर्देशक हेमराज भट्ट, मुस्लिम अगुवा मैमुना शिद्धिकीले आत्मनिर्भर र नेतृत्वका विभिन्न बिषयमा सहजीकरण गरेका थिए । तालिममा खजुरा गाउँपालिकाका बिभिन्न वडाका ३३ जना मुस्लिम समुदायका महिलाहरुको सहभागिता रहेको थियो । तालिमको संयोजन बास नेपालका राष्टि बुढा मगरले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार