मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रचण्ड र नेकपा माओवादीका महासचिव विप्लवबीच भेटवार्ता

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच छलफल भएको छ ।
४ मंगशिर २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच छलफल भएको छ ।

शनिबार प्रचण्ड निवासमा भएको भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको हो । पार्टी एकताका लागि केही समय लागे पनि सहकार्य भने गर्न सकिने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयदेखि आगामी दिनमा सहकार्य गरेर जानेसम्मको छलफल भएको हो ।

तत्काल पार्टी एकताभन्दा पनि तल्लो तहसम्मै सहकार्य गरेर जाने सहमति भएको प्रचण्डनिकट एक नेताले बताए ।

विप्लवलाई माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको पहलमा खुमलटार लगिएको थियो । पछिल्लो समय माओवादीसँग विप्लवको पार्टी एकता गराउनको लागि प्रवक्ता महरा सक्रिय भएर लागेका छन् । विप्लवलाई माओवादीमा फर्काउन प्रचण्डले महासचिवको जिम्मेवारी दिनसमेत तयार रहेको बुझिएको छ ।

माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै रहेका विप्लव २०७१ सालबाट वैद्यबाट पनि अलग भएर आफ्नो नेतृत्वमा पार्टी चलाइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार