मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
२० फाल्गुन २०७९, शनिबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा सम्पन्न शिविरमा ३०० जनाको नाक, कान घाँटीको उपचार, २०० जनाको सामान्य चेकजाँच गरि औषधी बितरण गरिएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको स्वास्थ्य परिक्षण गर्दै शिविरको उद्घाटन गरिएको थियो ।

अध्यक्ष शाहले नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार पालिकामा काम भइरहेको बताउनु भयो । उहाँले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकोले पालिकाबाट प्रदान हुदै आएको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउदै लैजाने जिकिर गर्नु भयो । अध्यक्ष शाहले नरैनापुरमा आयोजना भएको निःशुल्क शिविरबाट फाईदा लिन आग्रह गर्नु भएको थियो ।

असल छिमेकी सामुदायिक हस्पिटलका संचालक सदस्य डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको शिविरको उदघाटन नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गर्नु भएको थियो भने कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, नाक,कान,घाटीका बिशेषज्ञ डाक्टर प्रकाश बस्याल लगायतको सहभागिता रहेको कार्यक्रममा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सूर्य प्रकाश शाहले गर्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार गजेन्द्र गुरुङ्गले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार