काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका उद्धारकर्मीलाई दैनिक खाजा खर्च दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिका भूकम्प प्रभावित क्षेत्रमा खटिने उद्दारकर्मीलाई नियमानुसार खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले राहत र उद्धारमा खटिएका स्वास्थ्यकर्मीलगायत उद्धारकर्मीलाई नियमाअनुसार दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए ।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएपछि शनिबार बिहानैदेखि देशभरबाट उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा केन्द्रित भएका छन् ।