मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जनताले मौका दिए काम गरेर देखाउँछु: नेपालगञ्ज ९ को अध्यक्ष पदका उम्मेदवार खाँ

महमूद आलम खान 1133+ समाचार ( )
चुनाव जितेपछि वडालाई व्यवस्थित गर्दै जनतालाई दिईने सेवा सुविधालाई व्यस्थित एवम् सहज बनाउने, स्वास्थ्य सेवालाई प्रभावकारी एवम् स्तरोन्नती, विद्यालयहरुको भौतिक पूर्वाधारलाई सुधार गर्दै गुणस्तरीय शिक्षा, एक टोलदेखि अर्को टोलसम्म जोड्ने सडक सञ्जाल विस्तार,
२७ वैशाख २०७९, मङ्गलबार

बाँके । अधिकारप्राप्तिका लागि भएका आन्दोलनहरुमा सधैं अगाडि रहने नेता हुन फरजन खाँ । जुँगाको रेखी नबस्दै राजनीतिमा होमिएका उनी सङ्घर्षको भट्टीमा खारिदै निक्कै सुझबुझ भएका नेताको रुपमा चिनिन्छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ पिल्लीपुर्वा निवासी खाँ बिभिन्न समयमा भएका आन्दोलनमा सहभागी भएका थिए । 

स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका वडा ९ को वडा अध्यक्ष पदमा माओवादीबाट उम्मदेवार दिएका खाँलाई जिताउन स्थानीयहरु लागि परेका छन् । 

सदा जीवन उच्च विचारका धनी उनी जनताको सेवकको रुपमा आफ्नो पहिचान बनाएका छन् ।

वडामा कसैमाथि थिचोमिचो वा अन्याय भएको थाहा पाउने वितिक्कै उनको उपस्थिति हुन्थ्यो । सबैका सहयोगी सबैका प्यारा नेताको रुपमा परिचित उनी यतिबेला चुनावी मैदानमा उत्रिएका छन् ।

वडा अध्यक्षमा चुनाव लड्ने सोच उनमा थिएन । तर नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ का जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न नसक्नु, विकासीय कामहरु अवरुद्ध हुनु, बजेट त्यसै फ्रिज हुनु, भ्रष्टाचारको थलो बन्नु, जनप्रतिनिधि बीचको नौटङ्कीहरु सार्वजनिक हुनु, वडाको उन्नती प्रगति हुनुको साटो बदनामी हुनु, जनताले सेवा सुविधा तथा न्याय नपाउनु, जनप्रतिनिधिहरु भिजन विहिन हुनु जस्तो बेथितिहरुले गर्दा वडा र जनताको समेत स्वाभिमानमा ठेस पुगेको अवस्था देखेर आफु अध्यक्ष पदमा उम्मेदवारी दिएको खाँ बताउँछन् ।

चौतर्फी रुपमा आफुलाई समेत बेथितिबारे गुनासो सुन्नु परेको चर्चा गर्दै उनी भन्छन्– वडामा रहेका यस अघिका जनप्रतिनिधिबाट आजित भएर वडा नं ९ का जनताले मलाई अध्यक्ष पदमा उम्मेदवारी दिन गरेको आग्रहलाई नकार्न सकिन, मलाई विश्वास छ, म चुनाव अत्यधिक मतको अन्तरले जित्छु र म काम गरेर देखाउँछु ।

उनले चुनाव जितेपछि वडालाई व्यवस्थित गर्दै जनतालाई दिईने सेवा सुविधालाई व्यस्थित एवम् सहज बनाउने, स्वास्थ्य सेवालाई प्रभावकारी एवम् स्तरोन्नती, विद्यालयहरुको भौतिक पूर्वाधारलाई सुधार गर्दै गुणस्तरीय शिक्षा, एक टोलदेखि अर्को टोलसम्म जोड्ने सडक सञ्जाल विस्तार, गरिब, दलित एवम् विपन्न जाति एवम् समुदायका लागि विशेष कार्यक्रम सञ्चालन, जातीय विभेद, तथा कुरितीहरु अन्त्य गर्न विभिन्न कार्यक्रम सञ्चालन, वडा कार्यालयलाई व्यवस्थित गर्दै जनताको घरदैलोमा सेवा विस्तार, युवाहरुलाई स्वरोजगारमूलक कार्यक्रमसँग जोड्ने, कृषिमा आधुनिकीकरण, सिंचाई सुविधा, महिला, बालबालिका एवम् ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, शान्ति सुरक्षा, वातावरणमैत्री अभियान लगायतका कार्यक्रमहरु अगाडि बढाउने सोच राखेका छन् । लामो राजनीतिक यात्रामा सिकेका अनुभवलाई नेपालगञ्ज ९ को समग्र विकास गर्नमा लगाउने अध्यक्ष पदका प्रत्यासी खाँको प्रतिवद्धता छ ।

जनताले आफुलाई मौका दिए काम गरेर देखाउने बताउँदै उनी भन्छन्– जनताले आवश्यकता महशुष गरेर उम्मेदवार बनाएको हो, जनताकै लागि काम गर्ने सङ्कल्प छ, तपाईहरु मत दिनु म विकास र समृद्धि दिन्छु । उनी स्पष्ट एवम् वौद्धिक नेताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार