मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेकपा माओवादी केन्द्र शनिबार देशभर वडा सम्मेलन गर्दै

महमूद आलम खान 1133+ समाचार ( )
वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए
३ मंगशिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ। वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुंगा साबित हुने विश्वास लिएको छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासमेत तय गरेको छ। 

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मतिमा गर्न भनेको छ। निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रूपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरेको छ। 

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ एवं रूपान्तरित पार्टी निर्माणमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछ ।’   

 माओवादीले यही मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दै छ। आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सातसदस्यीय, पालिकामा पाँचसदस्यीय र वडा तहमा तीनसदस्यीय निर्वाचन समिति गठन गरेको छ।

 निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न र नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने गरी नीतिगत व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार शनिबार देशभरका छ हजार सात सय ४३ वटा वडामा सम्मेलन गर्ने तयारी पूरा भएको छ। माओवादीको हालसम्म झन्डै आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएको जनाएको छ। केही विवरण प्रविष्ट गर्न बाँकी रहेकोसमेत सो पार्टीले उल्लेख गरेको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार