मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

पूर्ण खोप सुनिश्चितता हासिल गर्ने बैजनाथ गाउँपालिका घोषित

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ। ‘स्थानीय स्वामित्व र सहभागिता–पूर्ण खोप सुनिश्चिततामा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बैजनाथ गाउँपालिका–५ रामपुरमा आयोजित कार्यक्रममा यो घोषणा गरिएको हो।

गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरी प्रमुख अतिथि थिए। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मला रोकाया, सह–संयोजक सीता कार्की, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको उपस्थिति थियो।

स्वास्थ्य शाखाका अनुसार, पालिकामा पछिल्लो एक वर्षमा लक्षित १२६३ जना बालबालिकामध्ये अधिकांशले आवश्यक खोप प्राप्त गरिसकेका छन्। १२ देखि २३ महिनाका लक्षित १२१३ बालबालिका रहेका छन्। HMIS तथ्यांकअनुसार बीसीजी खोप ९१८ जनाले, दादुरा–रुबेला पहिलो मात्रा १०७० जनाले र दोस्रो मात्रा ११५२ जनाले पाएका छन्। लाइन लिस्टिङअनुसार खोप उमेर समूहमा पर्ने जन्मेदेखिका बालबालिका १२७१ जना छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले खोप सुनिश्चितता बालबालिकाको जीवन सुरक्षाका लागि अत्यावश्यक भएको उल्लेख गर्दै पालिकाले गरेको प्रयास अनुकरणीय भएको बताए। अध्यक्ष शाहीले पालिकाले स्वास्थ्य सेवाको सुदृढीकरणलाई प्राथमिकता दिएको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार