मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

“उदयपुरको शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन” — प्रजिअ धर्मराज जोशी

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

उदयपुर । उदयपुरका नयाँ प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ । बाँकेबाट सरुवा भई उदयपुर पुग्नुभएका प्रजिअ जोशीले बिहीबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा पछिल्लो समय कमजोर बन्दै गएको शान्ति सुरक्षालाई मजबुत बनाउने लक्ष्यसहित काम अघि बढाउने बताउनु भयो ।

उहाँले नीति, कानुन र विधिको अधीनमा रही निष्पक्ष रूपमा काम गर्ने प्रतिवद्धता जनाउँदै भने, “कसैको दबाब वा प्रभावमा नपरी, सबैको सहयोगका साथ उदयपुरलाई सुरक्षित र अनुशासित जिल्ला बनाउनेछु।”

शान्ति सुरक्षा र विपद् व्यवस्थापनका विषयमा सूचनाको आदानप्रदानले प्रशासनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने भन्दै प्रजिअ जोशीले पत्रकारहरूसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

लागूऔषधको बढ्दो समस्या र अवैध ढुङ्गा–गिट्टी, बालुवा र काठ तस्करीप्रति चिन्ता व्यक्त गर्दै उहाँले सो गतिविधि रोक्न प्रशासन पूर्ण रूपमा सक्रिय हुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेल, जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

पत्रकारहरूले हालैको जेनजी आन्दोलनपछि कमजोर बनेको शान्ति सुरक्षाप्रति ध्यानाकर्षण गराउँदै अवैध गतिविधि नियन्त्रणमा कडाइ गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार