मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |

घोराहीको उपमेयरका लागि वहुआयामिक क्षमता भएकी डाँगीको दाबी

महमूद आलम खान 1133+ समाचार ( )
समाजशास्त्रमा डिग्री गरेकी टिका डाँगी सामाजिक, राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो
४ वैशाख २०७९, आइतबार

काठमाडौं । घोराही उपमहानगरपालिकाको उप–मेयरमा टिका डाँगीले दावी गरेकी छिन् । २०५६ सालबाट नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेकी डाँगी नेपाली कांग्रेसको तर्फबाट घोराही उपमहानगरपालिकाको उप–मेयरमा दावी गरेकी हुन् ।

समाजशास्त्रमा डिग्री गरेकी टिका डाँगी सामाजिक, राजनीतिक क्षेत्रमा चिरपरिचित नाम हो । सामाजिक कार्यमा अग्रसर, राजनीतिमा लामो समय देखि सक्रिय, शिक्षा र पत्रकारीता क्षेत्रमा समेत विशेष योगदान रहेकी डाँगी महिला अधिकारकर्मी पनि हुन् । वहुआयामिक क्षमता भएकी डाँगीलाई योग्य र बलियो उप–मेयरको दावेदारको रुपमा समेत हेरिएको छ ।

सामाजिक र राजनीतिक पारिवारिक पृष्ठभूमि भएकी डाँगी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ एमएम क्याम्पस दाङमा २०५६ सालमा आबद्ध भएर राजनिति सुरु गरिन । 

उच्च मनोवल एवं जुझारु स्वभावकी उनी उम्मेवारी फिर्तालाई जीतको रुपमा लिएर आफ्नो राजनीतिक यात्रालाई अझ सशक्त रूपमा अघि बढिरहेको बताउँछिन् । 

मिलनसार एवं सरल स्वभावकी उनी विकास र न्यायको पक्षमा सँधैं प्रष्ट वक्ता, निडर र हक्की महिलाका रुपमा चिनिन्छिन् ।

वर्तमान राजनीतिमा वौद्धिक व्यक्तित्वको खाँचो औंल्याउँदै घोराही उपमहानगरपालिकामा भएका स्रोत र साधनहरुको उचित परिचालन गरी नगरमा जति सक्दो रोजगारिका अवसरहरु सिर्जना गर्ने, स्थानीय उत्पादन र उपयोगमा जोड दिने, स्वास्थ्य र शिक्षामा सरल पहुँच पु¥याउने, नगर भित्रमा धार्मिक पर्यटकीय स्थलको संरक्षण, सम्वर्धन प्रवद्धर्न गर्ने, प्राकृतिक विनाश रोक्ने, बौद्धिक जगतसँग सहकार्य गर्ने, महिला बालबालिका, जेष्ठ नागरिक, शारीरिक एवं मानसिक रुपमा अशक्त, सिमान्तकृत वर्गलाई विशेष प्राथमिकता दिने, न्यायिक प्रशासनिक एवं आर्थिक सुशासन कायम गर्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, नगरपालिकालाई जन उत्तरदायी सरकारको रूपमा स्थापित गर्ने, साथै नगरपालिकालाई गौरव गर्न लायक नगरपालिका बनाउन सहयोगी भूमिका निभाउने मुद्धालाई व्यवहारमै कार्यान्वयन गर्ने मुख्य उदेश्य बोकेर उप–मेयरको उम्मेदवारी दावी गरेको युथ टुडेलाई बताईन् । उनलाई घोराहीमा नेपाली काँग्रेसको तर्फबाट उप–मेयरको प्रबल दावेदारको रूपमा समेत हेरिएको छ ।

उनले भन्नि, पार्टीप्रति निष्ठा र सक्रियताले गर्दा नेताहरु पनि खुसी हुनुहुन्छ । नेतृत्वसँग विश्वास छ । स्थानीय सरकारको नेतृत्व गर्न योग्य र सक्षम छु भन्ने म सबैलाई विश्वास दिलाउन चाहन्छु । 

नेपाली काग्रेसले घोराहीबाट उप मेयरका लागि टिका डाँगी, सावित्रा राना, पुष्पा श्रेष्ठ, गोमा रावत, जानका केसी, बालिका लम्साल, निरजा पोखरेल, मन्जु बज्राचार्य र माया पोखरेलको नाम सिफारीश गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार