मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगन्ज वाकाथनको चौथो संकरणको तयारी पुरा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

बाँके । भ्रष्टाचार बिरुद्ध मंसिर २४ गते हुन लागेको नेपालगन्ज वाकाथनमा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा सहितका बिशिष्ट ब्यक्तित्वहरुको विशेष उपस्थिति रहने भएको छ ।

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २४ गते) हुने उक्त कार्यक्रममा भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना, अन्तरालको ब्यवस्थापन र विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्यमा हुने कार्यक्रमले भ्रष्टाचार बिरुद्ध आम नागरिकहरुमा जागरण ल्याउने अपेक्षा गरिएको छ ।

यस बर्षको नेपालगन्ज वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शुरु भई विपि चौक, त्रिभुवन चौक जिल्ला प्रशासन कार्यालय रोड हुदै रामलिला मैदानमा गएर समापन हुने कार्यतालिका रहेकोछ । 

भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुन थालेको वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमका सहभागिहरु भ्रष्टाचार बिरुद्धको नारा अंकित टिशर्टमा नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस सहित भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिनु भयो । 

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । बास नेपालले पश्चिम नेपालमा २०७८ साल देखि नियमित रुपमा नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन कार्यक्रम गर्दै आएको बासका सुचना अधिकारी हेमराज भट्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार