मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

माओवादीको तीन महिने अभियान गाउँ बस्ती सम्म पुग्ने छ - नरेन्द्र

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

बाँके। नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले तीन महिना अभियानका कामबारे तल्लो तहमा परिपत्र पठाएको छ । 

जिल्ला समन्वयका अध्यक्ष नरेन्द्र पाण्डेले जनवर्गीय सङ्गठनहरु संग सोमबार नेपालगञ्जमा छलफल गरि असोजको पहिले साता भित्रै जनवर्गीय सङ्गठनहरुको वडा स्तरिय भेला सम्पन्न गर्न निर्देशन दिदै संगठनात्मक अभियान अन्तर्गत ७, जनभेटघाट तथा श्रम अभियानअन्तर्गत ५ र प्रचार प्रसारका ४ काम गर्न निर्देशन दिए ।

जसमा प्रत्येक वडामा वैदेशिक रोजगारी समन्वय केन्द्र बनाएर वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्पर्क राख्ने र उनीहरुको समस्या समाधान गर्न पहल गर्ने, १५ देखि २० वर्ष उमेर समूहका युवाहरुलाई आकर्षित गर्ने, पार्टीका समर्थकका छोराछोरीलाई पार्टीमा आबद्ध गराउने, पार्टी, जनवर्गीय संगठनका नेता र कार्यकर्ताहरुलाई वार्षिक पुरस्कार स्वरुप बेस्ट अफ द कमरेड र दण्ड सम्बन्धी नीति अपनाउने बताए ।

यस्तै पालिकाका हरके वडामा १÷१ वटा ५ घण्टाको मार्क्सवादी कक्षा संचालन गर्ने पनि बताए । यस्तै माओवादीले सहिदहरुको समाधिस्थल, जनयुद्ध र सहिदहरुको नाममा निर्मित पार्क, सहित स्तम्भ, गेट, चौतारा आदिको संरक्षण गर्ने र पार्टीको झण्डा गाड्ने अभियान संचालन गर्ने भएकोले उक्त अभियान सफल बनाउन आग्रह गरे  । 

तिन महिने अभियानका इन्चार्ज कुल बहादुर केसीले माओवादीले सार्वजनिक स्थलहरु बाटो, विद्यालय, सामुदायिक भवन, मठमन्दिरहरुमा श्रम सहभागिता जुटाउने, सार्वजनिक काम, विकास निर्माण र जनताको दैनिक समस्या समाधान गर्न अगुवाइ गर्ने बताए । यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सुशासनको पक्षमा र भ्रष्टाचार विरोधी अभियानसहित राम्रा कामको प्रचार गर्ने, विपक्षीले गरेका सामाजिक संजालका पोष्टहरुमा प्रतिवाद गर्नका लागि आइटी सेल निर्माण गर्ने जिकिर गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार