मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |
मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |


बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सर्वजनिक

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
नरैनापुरको घरदैरीया देखी अघैया जेड्ने सडक निर्माण, कोहलपुर २ को कवर्डहल निर्माणका लागी बजेट बिनियोजन गरीनुकासाथै नेपालगंज रंगशालामा सेन्थेटीक ट्रयाक र फ्लड लाईट जडानकालागि टेण्डर प्रक्रिया अगाड बढाईएको बताईएको छ ।
२५ कार्तिक २०७९, शुक्रबार

कोहलपुर । बाम–लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ । कोहलपुरमा पत्रकार सम्मेलन गरी गठबन्धनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), प्रदेश सभा सदस्य १ (१) का उम्मेदवार फुलाराम थारु, नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मीकी, नेकपा –एकिकृत समाजवादी) का केन्द्रिय सदस्य अशोक कोईराला, बाम–लोकतान्त्रीक गठबन्धन क्षेत्र नं. १ का संयोजक एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष नारायण गौडेल लगाएतले संयुक्त रुपमा प्रतिवद्ध पत्र सार्वजनिक गरेका हुन । 

शिक्षा, स्वाथ्य, पर्यटन र पर्यावरण, खानेपानी तथा सरसफाई, स्थानिय कला, संस्कृति प्रबद्र्धन, व्यापार व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सुचना र सञ्चार, सामाजिक सुरक्ष, बजारीकरण, आधुनिक पशुपालिक तथा कृषि, सिचाई, आय आर्जन तथा रोजगार, सिचाई, आय आर्जन तथा रोजगार, युवा तथा खेलकुद, बिद्युुत, आर्थिक, सडक यातायात, प्रशासन र सुशासन र बिपत व्यवस्थान सम्वन्धी मुख्य बुँुदाहरु समेटिएको प्रतिवद्धता पत्र सार्वजनिक गरीएको हो ।

प्रतिवद्धता पत्रमा कोहलपुरमा अन्तरिट्रय क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडेमी निर्माण, राप्ती नदिको डुवान तथा कटान नियन्त्रण गर्न बनेको गुरु योजना कार्यन्यन, कोहलपुर सल्यान घुईयावारी सडक निर्माण, कोहलपुरमा सिटीहल निर्माण, राझा बिमानस्थललाई अन्तराष्ट्रिय बिमान स्थलको रुपमा बिकास गर्ने, यस क्षेत्रमा मुटु, बाल रोग र न्युरो अस्पताल निर्माण, नरैनापुरमा ईलाका प्रशासन कार्यलय स्थपना, नापि र मालपोत कार्यलय स्थापनालाई प्राथमिकतामा राखिएको छ । 

बिगतमा बिद्यालयबाट टिनको छाना बिस्थापन गर्ने योजनालाई निरन्तरता दिदैं बिपन्न समुदायको फुसको छानो बिस्थापन योजनाका साथै प्रतिवद्धता पत्रमा कृषि पर्यटनलाई प्रथमिकता राखिएको छ । ५ वर्ष भित्र सबैमा शुद्ध खानेपानी पु¥याइने, एक वडा एक उत्पादन, कोहलपुरमा बोटानिकल पार्क निर्माण, स्थानिय सञ्चार माध्यामलाई संरक्षण, सिक्टा सिचाई आयोजनका पुर्बी नहर निर्माणलाई समेत प्रथमिकतामा राखिएको छ । 

यसैगरी एक पालिका एक खेल मैदान, एक बिद्याल एक स्स्पोस्र्ट क्लव र खेल पुर्बाधार, ५ वर्ष भित्र हाल ग्राबेल रहेका सम्पुर्ण सडक कालोपत्रे, सबै नदिनालमा पक्की तटबन्ध निर्माण गरि खोतियोग्य जमिनको संरक्षण, रोहिणी देखी मानखोलासम्म फोरलेन सडक निर्माण र नरैनापुरमा छोटी भन्सार स्थापनाको कामलाई पाँच वर्षभित्रै पुरा गरीने उल्लेख गरीएको छ । प्रतिबद्धता पत्रमा आगामी ५ वर्ष भित्र निर्वाचन क्षेत्र भर बिद्युत बिस्तार, कोहलपुरमा निर्माण भईरहेको कवर्डहलको पुर्णता, नरैनापुरको सुख्खा क्षेत्रमा डिप बोरिङको ब्यवस्था लगायतका काम प्रथमिकतामा छन । 

प्रतिबद्धता पत्रमा संघिय सरकारद्धारा बिगत ५ वर्षमा भएका कामहरुलाई समेत लिपिबद्ध गरेर सार्वजनीक गरिएको छ । राप्ती सोनारी र नरैनापुर बिधुतीकरण, नरैनापुर जोड्ने हुलाकी सडक निर्माण, राप्ती नदिको कटान तथा डुवान नियन्त्रण गर्न गुरु योजना निर्माण गरि पक्की तटबन्ध निर्माण, कोहलपुरको अन्तरािष्ट्रय क्रिकेट मैदान निर्माणका लागी डिपिआर निर्माण गरि निमाण प्रक्रिया सुरु, नरैनापुरको घरदैरीया देखी अघैया जेड्ने सडक निर्माण, कोहलपुर २ को कवर्डहल निर्माणका लागी बजेट बिनियोजन गरीनुकासाथै नेपालगंज रंगशालामा सेन्थेटीक ट्रयाक र फ्लड लाईट जडानकालागि टेण्डर प्रक्रिया अगाड बढाईएको बताईएको छ । 

यस्तै निर्वाचन क्षेत्रभित्रका विद्यालयमा १ सय ७० वटा पक्की कक्षा कोठा निर्माण, कोहालपुरमा फुटबल एकेडमिको निर्माणको प्रक्रिया सुरुवात, नागरिक आवास मार्फत झण्डै २ हजार घरहरु निर्माण १ हजार ५ सय घरहरु निर्माण प्रक्रियामा रहेको कुरालाई उपलब्धीका रुपमा उल्लेख गरिएको छ । 

पत्रकार सम्मेलनमा बाँके निर्वाचन क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज अथकले गठबन्धनका उम्मेदवारहरु समाबेसी, उर्जावान र अनुभवी भएकाले जनताले भारोसाका रुपमा हेरेको समेत दावी गरेका थिए । उनले सिंहदरवार बुझेको हुनाले आगामी बर्ष बिकासको बर्ष हुने र जनताका आपेक्ष पुरा हुने प्रतिवद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार