मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ गर्ने तयारी

यूथ टुडे समाचारदाता 3693+ समाचार ( )
पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै विरोध गरेका छन् ।
१५ चैत्र २०८१, शनिबार

काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै विरोध गरेका छन् ।

उनले शनिबार जारी गरेको विज्ञप्तिमा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको उल्लेख छ । त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

चैत्र १५ गते दिउँसो ११ बजेदेखि काठमाडौँको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ गराइएको सुवेदीको दाबी छ । त्यसपछि अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलिएको उनको दाबी छ ।

‘सभामा उपस्थित नागरिकहरू माथि अश्रु ग्याँस लगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराइ आतङ्क सिर्जना गर्ने घटनाको घोर भर्त्सना गर्दै सहादत प्राप्त गर्ने वीर योद्धा सहिद प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रम पश्चात् जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शमशेर राणा तथा प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाई समेत घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तर, जनताद्वारा गरिने आन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने र जनचाहना तथा जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै सुवेदीको भनाइ छ । सुवेदीले आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार