मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


स्थानीय निकायको नेतृत्वका लागि मतदाताको मन जित्दै महिला उम्मेदवार

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगञ्ज २ को वडा अध्यक्षको बलियो उम्मेदवार कस्मिरा खातुन
१४ वैशाख २०७९, बुधवार

बाँके । संघीय संरचनामा गएपछि देश अहिले दोस्रो तहको स्थानीय तहको निर्वाचनको संघारमा छ। वैशाख ३० मा हुन गइरहेको निर्वाचनमा मतदाताहरुको विश्वास जित्‍न उम्मेदवारहरु यतिबेला आ-आफ्ना योजनाहरु लिएर घरघर पुग्न थालेका छन्। 

पाँच वर्षअघि भएको पहिलो स्थानीय तहको निर्वाचन पछि ऐन, कानून र नियमहरु बनिसकेकाले अब आउने जनप्रतिनिधिलाई यसमै अल्मलिनुपर्ने अवस्था भने छैन। त्यही पनि उम्मेदवारहरु आ-आफ्नै प्रकृतिका योजना लिएर घरदैलो पुगिरहेका छन्। बाँकेका महिला उम्मेदवारहरुले महिला परनिर्भरता, क्षमता अभिवृद्धि, स्वरोजगारमूलक कार्यक्रम जस्ता योजनालाई अघि सारेका छन्।

‘जग बलियो भएमा घर बलियो बन्छ’ भनेझैँ महिला आर्थिक तथा शैक्षिक क्षेत्रमा बलियो हुदै गए घरपरिवार, गाउँ, समाज र अन्ततः देश नै बलियो बन्छ। महिला परनिर्भरता अन्त्य गर्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी आर्थिक पक्ष दरिलो बनाउने बताउनुहुन्छ, नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ को अध्यक्ष पदका उम्मेदवार कस्मिरा खातुन । नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी खातुन महिलालाई आर्थिक रुपमा बलियो बनाउन सकियो भने घरपरिवार खुसी रहने मात्र हैन गाउँटोल र पूरै समाज सबल हुने बताउछिन्।

'महिला परनिर्भर हुँदा उनीहरु अझै पनि दबिएकै छन्, अब महिलालाई भान्छाभित्रै सीमित नराखी नेतृत्व पङ्क्तिमा ल्याउने खालका कार्यक्रम जरुरी छ, यदि मैले नेतृत्व गर्ने अवसर पाएँ भने महिलालाई पुरुष सरह नै नेतृत्वमा ल्याउने छु,' उनले भनिन्। 

अहिले वडाका लागि चाहिने नीतिनियम, ऐन र कानूनहरु निर्माण भइसकेका छन्। विकासको रुपरेखा कोरिएको छ। सडकहरु स्तरोन्नति गर्ने, बालमैत्री स्थानीय शासन कायम गर्ने, जनताको जीवनस्तर उकास्न कृषिमा लगानी वृद्धि गर्ने, सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, शिक्षामा पहुँच बढाउने र प्रविधिमैत्री शिक्षा प्रणाली ल्याउने जस्ता उनका चुनावी योजना छन् । 

उनले भनिन्, 'नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उकास्न चुनावी मैदानमा होमिएको छु। महिलाले नेतृत्व गर्ने अवसर पाएमा उनीहरुका समस्या बाहिर आउनेछन्। हरेक क्षेत्रमा महिला सहभागिता बढाएर उनीहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न दिनेछु र आर्थिक रुपमा सक्षम र अब्बल बनाउनेछु।' 

रुमिता देवकोटाले नेकपा माओवादी केन्द्रको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को सदस्य पदका लागि निर्वाचनमा उम्मेदवारी दिएकी छन्। 

'आफूले निर्वाचित भएर काम गर्ने अवसर पाएको खण्डमा महिलालाई सीपमूलक तथा उनीहरुको क्षमता विकास गर्ने खालका कार्यक्रममा जोड दिनेछु, क्षमतावान् भएर पनि महिला भएकै कारण नेतृत्व तहबाट पछाडि पारिएका छन्, महिलामा नेतृत्व क्षमताको विकास गर्ने र उनीहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रममा मेरो जोड रहने छ,' उनले भने। 

अवसर पाए महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सक्ने उनको तर्क छ। घरधन्दा, छोराछोरीको स्याहार जस्ता सबै जिम्मेवारी महिलाको काँधमा छ। यी जिम्मेवारी निभाउँदै गर्दा पनि सामाजिक, राजनीतिक तथा विभिन्न क्षेत्रमा यहाँका महिलाको अग्रसरता उत्साहजनक नै मान्‍नुपर्दछ।

यतिखेर महिला पुरुष सरह नै नेतृत्व लिने कसरतमा छन्। नेपाली समाजमा भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने आम बुझाइ छ। विगतको तुलनामा अहिले महिला नेतृत्व सम्हाल्न जुर्मुराएको वडा सदस्य पदकि उम्मेदवार देवकोटाको भनाई छ। 

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ को सदस्य पदका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवार नन्दा घिमिरे सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका सर्वहारा तथा श्रमजीवी नागरिकको हितमा काम गर्ने बताउछिन्। आफू नेतृत्वमा पुगे घरेलु हिंसामा परेका महिलाको न्यायका लागि लड्ने, महिलालाई नेतृत्व तहमा ल्याउने, विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने उनी बताउँछिन्। 

उनले भनिन्, 'महिला नेतृत्व पङ्क्तिमा भएमा कार्यक्रमले बढी प्राथमिकता पाउने र महिला सहभागिता बढ्ने हो। आर्थिक रुपमा विपन्न, घरेलु हिंसामा परेका, दलित, जनजाति वर्गका महिलाको क्षमता विकास गर्दै उनीहरुलाई हरेक निकायमा नेतृत्व गर्न सक्ने बनाउनु नै आजको आवश्यकता हो।' 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार