मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

विपद् प्रभावितको सहयोगका लागि बिहानी युवा क्लबद्वारा उद्धार कोषमा २५ हजार ५५५

यूथ टुडे समाचारदाता 3693+ समाचार ( )
१४ अशोज २०८३, बुधवार

बाँके । विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले बाँकेको जानकी गाउँपालिका–२ स्थित बिहानी युवा क्लबले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ हजार ५ सय ५५ सहयोग गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै असोज १२ गते हिमालयन बैंक लिमिटेडमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको हो । 

विपद्का कारण देशका विभिन्न स्थानमा नागरिकले धनजनको क्षति व्यहोर्नुका साथै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा तत्काल राहत, उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारी निकायसँगै समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्नो क्षमताअनुसार सहयोग गरिएको क्लबले जनाएको छ ।

क्लबका पदाधिकारी तथा सदस्यहरूले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताएका छन् । सहयोगको रकमभन्दा पनि विपद् प्रभावित नागरिकप्रति देखाइने मानवीय भावना र ऐक्यबद्धता महत्वपूर्ण हुने उनीहरूको भनाइ छ ।

बिहानी युवा क्लब जानकी–२ सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएको छ । सामाजिक एकता, मानवीय सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै क्लबले विभिन्न समयमा सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको बताइएको छ ।

क्लबले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको आर्थिक सहयोगले अन्य व्यक्ति, संस्था तथा समुदायलाई पनि आफ्नो क्षमता अनुसार मानवीय सेवामा सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ ।

विपद् व्यवस्थापन सरकारको मात्र नभई समाजका सबै पक्षको साझा दायित्व भएकाले स्थानीय युवा क्लब तथा सामाजिक संस्थाको सहभागिताले समुदायमा सहयोग, सहकार्य र मानवीयताको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार