मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
प्रदेशसभा बैठकमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने एजेण्डा रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
४ माघ २०७९, बुधवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले गिरीले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा बैठकमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने एजेण्डा रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति हुन न सकेका बेला मुख्यमन्त्री गिरीले आज विश्वसको मत लिन लागेका हुन् । सात दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गत पुस २७ गते गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

पुस २८ गते गिरीले प्रदेशको राजधानी देउखुरीमा पद तथा गोपनियताको शपथ ग्रहण गर्दै दुई सदस्य विना विभागीय मन्त्रिपरिषद गठन गरेका थिए । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार