बाँके । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति, पूर्व खानेपानी मन्त्री एंव जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आईतबार बिहान बर्दिया आइपुगेका छन् ।
उपाध्यक्ष खान जनमत पार्टीको बर्दियाको गुलरीयामा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागि हुन बर्दिया पुग्नु भएको उनका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमानले जानकारी दिए ।
प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, जिल्ला संयोजक र सम्बद्ध सदस्यहरूहरुको सहभागिता रहने कार्यक्रममा जनमतका अध्यक्ष डा. सिके राउत लगायतले प्रशक्षिण दिने कार्यक्रम रहेको जनमत पार्टीले जनाएको छ ।