मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बरिष्ठ पत्रकार सेराज खानको ५४ औँ जन्मदिन क्लबले मनायो

महमूद आलम खान 1133+ समाचार ( )
निष्पक्ष भएर पत्रकारिता गर्न मुस्लिम पत्रकारहरुलाई एमालेका केन्द्रीय सदस्य हारुनको आग्रह
११ माघ २०७८, मङ्गलबार

बाँके । मुस्लिम पत्रकार क्लबका सल्लाहकार एंव बरिष्ठ पत्रकार सेराज खानको ५४ औँ जन्मदिन मनाइएको छ । मुस्लिम पत्रकार क्लबले नेपालगञ्जमा आयोजना गरेको जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका संरक्षक, नेकपा एमालेका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघमा पुर्व केन्द्रिय सदस्य मोहम्मद हारुन कादरीले बरिष्ठ पत्रकार सेराज खानलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै भन्नुभयो, मुस्लिम पत्रकार क्लबले नेपाली समुदायमा उत्साहको संचार गर्न योग्य बन्न जरुरी रहेको बताउदै भन्नुभयो ‘सकारात्मक पत्रकारिता मार्फत प्रेरणा हुने खालको समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भयो । उहाँले व्यावसायिक र विश्वसनीय पत्रकारिता गर्न मुस्लिम पत्रकारहरुलाई निर्देशन दिनु भयो ।

केन्द्रीय सदस्य कादरीले समाचारहरुलाई पक्ष वा विपक्ष बनाउनु भन्दा दीगो विकास र व्यावयायिक पत्रकारिता गर्ने वातावरण बनाउन आग्रह गर्नु भएको थियो । उहाँले विवादित बिषयमा समाचार तयार पर्दा सबै पक्षका भनाइ राखेर प्रकाशित गर्न सम्पूर्ण पत्रकारहरूलाई सुझाव दिनु भएको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य, सामुदायिक रेडियाे प्रसारक संघ, नेपाल बाँके जिल्ला अध्यक्ष एवं भेरी एफएम र एनपीआईका प्रमुख मोहम्मद आरिफ अन्सारीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताउनु भएको थियो । उहाँले मुस्लिम पत्रकार क्लबलाई सक्रिय भएर काम गर्न सुझाव दिनु भयो । 

उहाँले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता जगत् सबैले सम्मान गर्नलायक हुनुपर्ने र त्यसका लागि पत्रकारले व्यावसायिक धर्म निर्वाह गर्नु नै पहिलो कर्तव्य रहनेमा जोड दिनु भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष एवं क्लबका सल्लाहकार मोहम्मद सफिक बेहनाले अबका दिनमा विकास पत्रकारितामा जोड दिदैं समाजका सबै वर्ग र क्षेत्रका लागि पहरेदारका रुपमा काम गर्नका लागि पत्रकार योग्य हुनुपर्ने बताउनुभयो । उहाँले क्लबलाई आवश्यक पर्ने सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै बरिष्ठ पत्रकार खानलाई जन्मदिनको शुभकामना व्यक्त गर्नु भएको थियो । 

मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानले परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्नका लागि पत्रकारिता जगतले ठूलो भूमिका खेल्ने बताउदै उहाँले मुस्लिम पत्रकार क्लबमा जोडिएका सबै पत्रकारको क्षमता अभिबृद्धी गर्न तर्फ ध्यान दिने बताउनु भयो। खानले भन्नु भयो क्लबको केन्द्रीय कार्यालय नेपालगञ्जमा केहि दिनमा नै खोलिने र मुस्लिम पत्रकारहरुलाई सोही कार्यालयबाट काम गर्न सहज हुने बताउनु भयो । 

जन्मदिनलाई बिशेष बनाइ दिएको भन्दै क्लबलाई खानले धन्यबाद दिनु भयो । उहाँले अब यो अभियानलाई निरन्तर जारी राख्न आग्रह गर्नु भयो ।

केक काटे पश्चात धन्यबाद ज्ञापन गर्दै खानले भन्नु भयो, पत्रकारिताप्रतिको नागरिकको सम्मान, भरोसा र विश्वास कायम गर्न पत्रकारितालाई मर्यादित कसरी बनाउने , कसरी यसको विश्वसनीयता कायम राख्ने र जनताको भरोसालाई मूर्तरूप दिने भन्ने नै अहिलेको सबैभन्दा ठूलो चुनौती हो । पत्रकारिताभित्र देखिने विकृती विसंगतिको समयमै निराकरण गरिएन भने निश्चयपनि यसले विस्वसनीयता गुमाउँछ । तसर्थ, देशभरका मुस्लिम पत्रकारहरुलाई संगठित गरि पत्रकारिता पेसालाई कसरी मर्यादित बनाउने भन्ने विषयमा ठोस बहस गर्न जरुरी रहेको बताउनुभयो ।

मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, क्लबका सचिव मेराज सल्मानी, क्लबका सदस्यहरू, जाबेद अन्सारी, जावेद हल्वाई, वासिम, युसफ अन्सारी, मोहम्मद इरफान सिद्धिकी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार