मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ हजार २ सय ७१ जना पीडित

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

बाँके ८ फाल्गुन । लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ हजार २ सय ७१ जना पीडित भएको इन्सेकले सार्वजानिक गरेको वर्ष पुस्तकमा उल्लेख गरिएको छ । 

गत वर्ष सन् २०२३ मा २ हजार ८३ जना पीडित भएको बताउदै इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ६ जना महिला र २५ पुरुष गरी जम्मा ३१ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट २ हजार १ सय ६२ जना महिला र ७८ जना पुरुष सहित जम्मा २ हजार २ सय ४० जना पीडित भएको पुस्तकमा उल्लेख भएको बताउनु भयो । 

यस वर्ष राज्यपक्ष अन्तर्गत भएका मानव अधिकार उल्लङ्घन अन्तर्गत कारागारमा रहेका एक जना पुरुषको स्वास्थ्य लगायतका विभिन्न कारणले मृत्यु भयो भने दुई जना पुरुषको हिरासतमा मृत्यु भयो । साथै कुटपिटका घटनामा दुई जना, बालिका बलात्कारमा दुई जना, अमानवीय व्यवहारमा दुई, घाइते घटनामा २२ जना गरी ३१ जना पीडित भएको संयोजक महतले जानकारी दिनुभयो ।

अपहरण घटनामा सात जना, बाल अधिकारमा ३ सय ३१ जना, अमानवीय व्यवहार घटनामा ३२ जना, कुटपिट घटनामा १५ जना, महिला अधिकारमा १ हजार ७ सय ९१ जना, जातीय विभेद घटनामा दुई जना, दुर्घटना घटनामा १० जना, धम्की १२ जना, हत्या घटनामा ३८ जना र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार (सम्पत्तिको अधिकारबाट वञ्चित) बाट दुई जना पीडित भएको इन्सेकको वर्ष पुस्तकमा अभिलेखीकरण गरिएको संयोजक महतले बताउनु भयो ।

महिला अधिकार उल्ङ्घनका घटनामा सन् २०२४ मा लुम्बिनी प्रदेशमा १ हजार ७ सय ९१ जना पीडित भएका छन् । यस वर्ष महिला बेचबिखनका घटनामा १८ जना, महिला बेचबिखन प्रयासका घटनामा चार जना, घरेलु हिंसाका घटनामा १ हजार ५ सय ८४ जना, दाइजो घरेलु हिंसा घटनामा दुई जना, कथित बोक्सीको आरोपमा तीन जना, परिवारजनबाट हत्या घटनामा १३ जना, साइबर अपराध घटनामा एक जना, बलात्कार घटनामा १ सय २९ जना, सामूहिक बलात्कार घटनामा ११ जना, हाडनाता करणीमा तीन जना, वैवाहिक बलात्कार घटनामा एक जना, बलात्कार प्रयास घटनामा १५ जना र यौन दुव्र्यवहार घटनामा सात जना गरी जम्मा १ हजार ७ सय ९१ जना पीडित भएका छन् ।

यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ३३ जना पीडित भए । जसमध्ये बाल विवाह घटनामा १४ जना, बालबालिका बेचविखन घटनामा १२ जना, विद्यालयमा दिइने शारीरिक सजाय घटनामा चार जना, बलात्कार घटनामा राज्य पक्षाबाट दुई जना र अन्य पक्षबाट १ सय ९५ जना गरी १ सय ९७ जना, सामूहिक बलात्कार घटनामा २० जना, हाडनाता करणी घटनामा १० जना र यौन दुव्र्यवहार घटनामा ७६ जना पीडित भएको अभिलेखमा उल्लेख गरिएको छ ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पक्ष उदाशिन बनेको बताउदै संयोजक महतले क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिने गरेको जिकिर गर्नु भयो । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले इन्सेकले प्रकाशन गरेको मानव अधिकारी वर्ष पुस्तकमा राज्य पक्ष भन्दा बढी गैरराज्य पक्षबाट मानव अधिकार उल्लङ्घन र ज्यादती घटना बढेको हुँदा गैरराज्य पक्षबाट हुने घटना कम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संविधान र कानुनले दिएको अधिकारलाई कार्यान्वयन गर्दै मानव अधिकारको रक्षा गरेर मानव अधिकारको पक्षमा काम गर्न जरुरी जिकिर गर्नु भएको थियो ।

इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको पक्षमा काम गर्ने र मानव अधिकारकर्मीका लागि प्रेरक पुस्तक भएको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले बताउनु भयो । उहाँले समाजमा अझै पनि आफू विरुद्ध हुने घटनामा खुलेर पीडितले आफ्नो कुरा राख्ने वातावरण तयार नभएको हुँदा समाजमा भइरहेको घटना बाहिर आउन नसकेको औल्याउनु भयो । उहाँले समाज भइरहेका घटनाहरू कम गर्न लागि सरोकारवाला पक्षमा बीच छलफल चलाउने र मानव अधिकारको उल्लङ्घन र ज्यादती घटना न्यूनीकरण गर्ने गरी काम गर्न जरुरी रहेको बताउनु भयो ।

बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले प्रहरीले काम गर्ने क्रमममा कहिलेकाँही केही समस्या पर्दा मानव अधिकार उल्लङ्घन भएको हुन सक्ने स्विकार गर्दै उहाँले प्रहरीले शान्ति सुरक्षा कायम गर्दा वा अन्य काम गर्दा मानव अधिकारको हनन हुन नदिन प्रहरी सचेत रहेको बताउनु भयो । 

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज शाखा कार्यालयकी प्रमुख द्वारिका अधिकारीले इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकारको क्षेत्र फराकिलो हुँदै गएको बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०२५ समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार