मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बेचन झाविरुद्धकाे मुद्दामा आज थुनछेक बहस

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धकाे मुद्दामा आजबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहसपछि धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुनेछ ।

झाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । झाले बधुबार न्यायाधीश तीर्थराज केसीको इजलासमा बयान दिएका थिए । इजलासमा झाको बयान सकिएपछि आजदेखि थुनछेक बहस हुन लागेको हो ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।

अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको उनले बताएका थिए ।

अनुसन्धानका क्रममा अर्का आरोपी रामशरण केसीले झाको नाममा काटिदिएको दुई करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको थियो । बेचनले त्यसबारे पनि थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार