मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

डिजिटल मिडियामा महिला सहभागिता बारे अन्तरक्रिया सम्पन्न

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
६ माघ २०८१, आइतबार

बाँके । डिजिटल मिडियामा महिला सहभागिताबारे नेपालगन्जमा आइतबार छलफल भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेले गरेको सन्डे कल्बमा सम्वद्ध सरोकारवालाबीच छलफल भएको हो ।

डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्तरक्रियामा प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले सञ्चार माध्यममा महिला सहभागिता भएपनि नेतृत्वदायी भूमिकामा नरहेको बताए । डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि महासंघ लुम्बिनी प्रदेशले आवश्यक पहल थाल्ने उनले बताए ।

‘डिजिटल मिडियामा महिला पत्रकारको अवसर धेरै छन्, रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन सञ्चार माध्यममा सहभागिता छ, नयाँ पुस्ता डिजिटल मिडियाप्रति पोख्त छ, तर पत्रकारिताको मुल्य मान्यता कमजोर छ,’ चौलागाईले भने । सो क्रममा क्रियाशिल पत्रकार महिला बाँकेका पुर्वअध्यक्ष उमा थापा, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, झलक गैरे लगायतले डिजिटल मिडियामा महिलाको सहभागिताबारे आफ्नो धारणा राखेका थिए ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रह्लाद विश्वकर्मा, ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीका विषयमा पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गरेका थिए ।

संस्थाका उपाध्यक्ष सुमित्रा पण्डित सुवेदीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिव निशु जोशीले गरेकी थिइन् ।सन्डे क्लब अन्तरगत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष गिरीले बताइन् । डिजिटल मिडियामार्फत सूचनामुलक सामाग्री प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलालाई आर्कषित गर्दै शसक्त बनाउने उदेश्य अनुसार कार्यक्रम गरिएको उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार