मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

रविलाई मुद्दा चलाउनु पर्ने मागसहित सर्वोच्चमा रिट

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगको उजुरीमा गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
२० चैत्र २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगको उजुरीमा गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

यसबारे पर्याप्त अनुसन्धान नगरी रविमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

अधिवक्ता सफलले रविमाथि मुद्दा नचल्ने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गरेका छन् । रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

राहदानी दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने राय सहित प्रहरीमा प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधीवक्ताले सदर गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार