मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगंज वडा नम्बर १९ मा महिनावारी सम्बन्धी सचेतीकरण

महमूद आलम खान 1133+ समाचार ( )
३ सय जनालाई सेनेटरी प्याड बितरण गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले जानकारी दिनुभयो।
२४ फाल्गुन २०७८, मङ्गलबार

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ मा महिनावारी सम्बन्धी सचेतीकरण कार्यक्रम तथा सेनेटरी प्याड बितरण गरिएको छ ।

गौरब स्मृति तथा बी योर सेल्फ फाउण्डेसन लगायत तीनवटा संस्थाको आयोजनामा मंगलबार सो कार्यक्रम गरिएको हो । ११२औं अन्तररास्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथीमा नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर रहनु भएको थियो ।

उपमेयर थापाले महिलाको हक अधिकारका लागि स्वयम् महिलाहरु जागरुक र सचेत हुनुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा सम्बैधानिक रुपमा महिलाहरुलाई समानता दिएतापनी ब्यवहारिक रुपमा अझैपनी विभेद रहेको जिकिर गर्नुभयो। महिलाहरुलाई सेनेटरी प्याड बितरण गर्दै उपमेयर थापाले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो। स्वास्थ्य सचेतनाको अभाबमा महिलाहरुले विभिन्न स्वास्थ्य सम्बन्धी समस्या भोग्नु परेको उल्लेख गर्दै उहाँले यस बिषयमा महिलाहरु जागरुक र सचेत हुन आवश्यक रहेको बताउनुभयो।

फाउण्डेसनका अध्यक्ष करण साहको सभापतित्वमा भएको कार्यक्रमको बिशिष्ठ अतिथीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष परशुराम बर्मा रहनु भएको थियो।

सहाबुद्दिन खानले संचालन गर्नुभएको कार्यक्रममा ३ सय जनालाई सेनेटरी प्याड बितरण गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले जानकारी दिनुभयो। वडा नम्बर १९ को सहकार्यमा भएको कार्यक्रममा समाजसेवी रेवती सिंह, सगुन श्रेष्ठ, सोहन बर्मा लगायतको उपस्थिति रहेको थियो । स्वर्गीय गौरब शाहको नेतृत्वमा तीन बर्ष अघि स्थापना गरिएको बी योर सेल्फले यस अघिपनी विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ भने संस्थापक अध्यक्ष स्वर्गीय गौरब शाहको नाममा एउटा अक्षयकोष समेत स्थापना गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार