मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम गुलरियामा शुरु

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

बाँके । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास (ECCD) शिक्षकहरूको ६ दिने क्षमता विकास तालिम गुलरियामा सुरु भएको छ।

तालिमको उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले तालिमको उद्देश्य र यसले बालबालिकाको समग्र विकासमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराउनु भयो। कार्यक्रमको सञ्चालन परियोजना अधिकृत इश्वर विकले गर्नु भयो।

तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइमा गुणात्मक सुधार ल्याउनु हो। गुलरिया, मधुबन, र बडैयाताल गाउँपालिकाका १५ विद्यालयबाट आएका २० जना शिक्षकहरूले यो तालिममा सहभागिता जनाएका छन्।

पहिलो दिनको तालिममा, प्रशिक्षक झल कुमारी कार्कीले बाल विकासको अवधारणा, यसको महत्व, र शैक्षिक सामग्री निर्माण सम्बन्धी विषयहरूमा ज्ञान प्रदान गर्नुभयो। कार्यक्रममा अनुगमन मूल्यांकन अधिकृत अनु चौधरीको उपस्थिति पनि महत्त्वपूर्ण रह्यो।

यस तालिमले शिक्षकहरूको शैक्षिक दक्षता वृद्धि गर्दै स्थानीय विद्यालयहरूको शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार