मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

जोखिमपूर्ण यात्रामा रहेका ४ सय बढीको माईती नेपालले गर्यो उद्धार

महमूद आलम खान 1132+ समाचार ( )
बेचविखनको बदलिँदा स्वरुपहरु मध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाई छ
१६ पौष २०७८, शुक्रबार

बाँके ।  नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय बढीको उद्दार गरिएको माईती नेपालले जनाएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्दार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ ।

आज नेपालगञ्जमा पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको बताए । उनका अनुसार गएको एक बर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्दार गरिएको र पुनर्मिलन गराइएको यो दुबै संख्या अघिल्लो बर्ष भन्दा बढी नै हो 

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको संख्या ११ छ । यो एक बर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकोमा २०३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताए । राज्यसंग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको कोइरालाले बताए ।

बेचविखनको बदलिँदा स्वरुपहरु मध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटनाहरु पनि देखिन थालेको कोइरालाको भनाई छ । "बाहिर खुल्न नचाहेपनि सम्पर्कमा आउनेहरु बढेका छन् ," उनले भने । यी मध्ये अहिले एउटा घटना परीक्षणमा रहेको उनले जानकारी दिए । अदालतमा मुद्दा चलाउने प्रक्रिया शुरु गर्न थालिएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार