मुख्य समाचार
ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु |

क्यालिफोर्निया डढेलो : मृत्यु हुनेको संख्या २४ पुग्यो

यूथ टुडे समाचारदाता 3423+ समाचार ( )
२९ पौष २०८१, सोमबार

लस एन्जलस — अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् ।

अग्नि नियन्त्रकहरू हाल प्यालिसेड्स र इटनमा फैलिएको डढेलो नियन्त्रणमा खटिइरहेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । प्यालिसेड्समा ११ प्रतिशत मात्र डढेलो नियन्त्रण भएको छ ।

त्यस्तै, इटनमा २७ प्रतिशत आगो नियन्त्रण भएको छ । क्यालिफोर्नियाको वन तथा आगो रोकथाम विभागका अनुसार हर्स्टको डढेलो ८९ प्रतिशत नियन्त्रणमा आएको छ । डढेलोले हर्स्टमा ७ सय ९९ एकड क्षेत्र नष्ट पारेको छ । केनेथमा फैलिएको डढेलो भने पूर्णरुपमा नियन्त्रणमा आएको छ । केनेथमा करिब १ हजार एकड क्षेत्रमा डढेलो लागेको थियो ।

अधिकारीहरूले स्यान्टा आना हावा (सुक्खा र तातो हावा) फेरि चल्ने सम्भावना रहेको बताएका छन् । जसका कारण डढेलोको थप जोखिम बुधबारसम्मै रहेको जनाइएको छ । स्थानीय प्रहरीले आगलागीको मौका पारेर लुटपाट गर्नेमध्ये २० जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार