मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

क्यान्सर पिडित पुनको घाउ फेरि बल्झियो, उपचारमा सहयोगको अपिल

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
नाक र मुख बाट लगातार रगत बगिरहने गरेको भन्दै आफुलाई बचाउन गायक पुनले सबैमा बिन्ति गरेका छन्
२२ कार्तिक २०७९, मङ्गलबार

बाँके । राप्ती लडिया बहल पानी म मछरी खेलल, फत्तेपुर अइलक साल, ओ साली टु कर्लो कमाल , भन्ने बोलको गीत २०६४ साल तीर निकै चर्चित हो । सबैको मन मुटुमा बस्न सफल गीतका गायक ३७ बर्षिय तिर्थमान पुन यतिबेला क्यान्सर रोगबाट ग्रसित छन् । राप्ती सोनारी वडा न. ७ निब्वातार घर भएका गायक पुनको २०७८ सालको पुषमा खजुराको क्यान्सर अस्पतालमा चेकजाँच गराउँदा गालामा क्यान्सर देखा परेको थियो ।

एक बर्ष देखि निरन्तर क्यान्सर रोगको उपचार गराई रहेका गायक पुनलाई आर्थिक संकट परेको छ । चितवनको क्यान्सर अस्पतालमा उपचार गराई रहेका गायक पुनले अहिले सम्म १० लाख रकम खर्च गरिसकेका छन् । गत फाल्गुन महिनाको ८ गते अप्रेसन गराएका गायक पुनको क्यान्सर सन्चो नभइकन झनै बल्झिएपछि निरन्तर उनी एक बर्ष देखि उपचार गराई रहेका छन् । राप्ती सोनारी खबर डटकम संग कुराकानी गर्दै गायक पुनले भने भएको सम्पत्ती बेचेर ऋण सापटमा उपचार गरे झनै रोग बल्झियो उपचार गर्न पैसा पनि छैन । नाक र मुख बाट लगातार रगत बगिरहने गरेको भन्दै आफुलाई बचाउन गायक पुनले सबैमा बिन्ति गरेका छन् । एउटा किमोलाई ४० हजार देखि ३ लाख सम्म पर्ने डाक्टरले भन्छ पैसा छैन,म बाच्न चाहान्छु जिवनमा धेरै कुरा गर्न बाँकी छ भन्दै भक्कानिए गायक पुन । अहिले सम्म राप्ती सोनारी गाउँपालिकाले १ लाख रकम उपलब्ध गराएको बाँकी प्रदेश र केन्द्र सरकारले पनि सहयोग नगरेको उनको गुनासो छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका गायक पुनको उपचारमा सहयोग गर्न चाहानुहुने मानुभावहरुले एभरेष्ट बैंकमा तिर्थमान पुनको खाता न. ०१९००५०१२१०२६० सहयोग गर्न सक्नु हुने छ । सानै देखि गायन क्षेत्र र समाज सेवामा अग्रसर देखिने गायक पुन अहिले पनि उनले गरेका काम सम्झन लायकका छन् । आफु पहाडी भएपनि थारु पहिचान र संस्कृति जोगाउने अभियान चलाएका गायक पुनले २०६४ सालमा फुलल बगिया एल्बम निकाले । उक्त एल्बममा समेटिएका थारु गीतहरु निकै हिट सम्म भए । २०७० सालमा ई कैसिन मैयक बारी भन्ने दोस्रो एल्बम निकाले । निकै चलेको नजर नजर मिलैलो काजे भन्ने बोलको गीत निकै चर्चाको शिखरमा पुगेको थियो । उक्त गित गायक पुनले नै गायका थिए । नेरा निमावी सर्राको विद्यालय व्यवस्थापन समितिको सदस्य समेत भएका थिए गायक पुन । हाल उनी सोनपुर खानेपानी उपभोक्ता समितिको अध्यक्ष समेत रहेका छन् । दाजुभईहरु संग घर छुट्टीएका गायक पुनको ९ बर्षको छोरा छ ।

राप्ती सोनारी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष राम लखन थारुले सहयोगका लागी सबै निकाय बाट पहल भइरहेको भन्दै सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार