टिकापुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको हो।
सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ।
ट्रकमा दन्केको आगोबाट कर्णाली पुलको लठ्ठामा पनि आगलागी भएको थियो। दमकलले आगो नियन्त्रणमा लिइरहेको छ।