मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

साउनको चौथो सोमबार: शिवालयमा भक्तजनको भीड

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उनले जानकारी दिए।
२२ श्रावण २०७९, आइतबार

काठमाडौं । आज साउनको चौथो सोमबार पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । दर्शनका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा लाममा बसेको उनले जानकारी दिए। भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।

मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजन बिहानैदेखिको घामका कारण छाता ओढेर लाममा बसेको देखिन्छ । विगतका तीन हप्तामा भन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोलबम यात्रीको भीड लागेको छ । बोलबम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि अहिले लाम गुह्येश्वरी मन्दिरसम्म पुगेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको छ ।

सुन्दरीजलबाट खाली गोडा, पहेँलो एवं हरियो वस्त्र पहिरिएका भक्तजन लाम लागेर आएको दृश्य देखिन्छ । उच्च स्वरमा बोलबम शब्द गुञ्जायमान गराउँदै भक्तजन पशुपतिनाथ मूल मन्दिरतिर आइरहेका छन् । कति भक्तजन भने सवारी साधन प्रयोग गरेर पनि बोलबम यात्रामा सहभागी भएका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा आज काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । बिहान ४ बजेदेखि नै यी मन्दिरको ढोका खुला गरिएको जनाइएको छ ।

यस अवसरमा देशका विभिन्न भागमा रहेका शिवालयमा पनि भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार