मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

महिलालाई आत्मनिर्भर बनाउँदै जानकी गाउँपालिका : ४० दिने ब्युटिशियन तालिममा सुरु

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२९ माघ २०८२, बुधवार

बाँके । बाँकेको जानकी गाउँपालिकाले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै ४० दिने ब्युटिशियन तालिम सञ्चालन गरेको छ। महिलालाई गाउँमै सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले महिलाहरूलाई रोजगारीका लागि बाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै ठाउँमा पेसा–व्यवसाय गर्न सक्ने वातावरण सिर्जना गर्न तालिम आयोजना गरिएको बताउनुभयो । “सीप भए अवसर आफैं सिर्जना हुन्छ,” उहाँले भन्नुभयो, “महिलाहरूलाई आत्मनिर्भर बनाउनु नै हाम्रो लक्ष्य हो।”

तालिम उद्घाटन कार्यक्रममा बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले जागिर खोज्नुभन्दा सीप सिकेर स्वरोजगार बन्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो। “दिनहुँ जागिर खोज्दै आउने दिदीबहिनीहरूलाई हामीले अब सीपमार्फत आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्छ,” उहाँले भन्नुभयो, “सहज जीवनयापनका लागि सीप सबैभन्दा ठूलो पूँजी हो।”

सहायक महिला विकास निरिक्षक कल्पना गहमगरले मधेश र मुस्लिमलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम संचालन गरिएको बताउनु भयो । 

सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले स्थानीय महिलालाई जीवनोपयोगी सीप प्रदान गरी आर्थिक उन्नतितर्फ अग्रसर गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। प्रशिक्षक मिरा राना मगरले ४० दिनको विस्तृत तालिमले सहभागीलाई दक्ष मात्र नभई भविष्यमा प्रशिक्षकका रूपमा समेत स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा सहभागी जानकी गाउँपालिका–३ की पुष्पा दासले सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । अर्की सहभागी जस्मिन बानोले पनि तालिमले आफूहरूलाई आर्थिक रूपमा सबल र सक्षम बन्न मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

व्यावसायिक सोच र व्यवहारसहित तालिम लिन वक्ताहरूले सहभागीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार